यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वातावरणको चिन्ता गर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा छैन सहभागिता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वातावरणको चिन्ता गर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा छैन सहभागिता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

वातावरणको चिन्ता गर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा छैन सहभागिता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १३, आईतवार १९:२४ गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको विरेन्द्र–ऐश्वर्य उद्यान निर्माण रोक्नुपर्ने भन्दै शुक्रबार नागरिक समाज नाम दिएको एक समूहले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्ञापन बुझाए ।

ज्ञापन पत्रमा धनगढीको पार्कमा भईरहेको संरचना निर्माणले वातावरणीय, बानस्पतिक र जैविक पक्षलाई नकारात्मक असर पार्ने उल्लेख थियो ।

तर त्यही समूहका कुनैको पनि ‘हरित धनगढी’ अभियानमा सहभागिता सून्य देखिएको छ । वातावरणको चिन्ता जताउदै २०८१ सालको असार १७ गते झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता भईसकेको विरेन्द्र–ऐश्वर्य उद्यान (धनगढी पार्क) निर्माण रोक्ने मागगर्ने नागरिक समाज भनिएको समूहले ज्ञापन बुझाएको थियो ।

धनगढी उपमहानगरपालिकाको ‘हरित धनगढी’ अभियानका अभियन्ताहरुको नामावलीमा पार्क निर्माण रोक्नुपर्छ भनेर ज्ञापन बुुझाउने मध्येका कसैको पनि हरित धनगढी अभियानमा सहभागिता देखिदैन । शुक्रबार धनगढीको नागरिक समाज भन्दै प्रेमराज भण्डारी सहितका ३९ जनाले धनगढीको पार्क निर्माण रोक्नुपर्ने मागगर्दै मेयर गोपाल हमाललाई ज्ञापन बुझाएका थिए ।

अध्यक्ष वा संयोजक नै नतोएिको नागरिक समाजको नाममा ३९ जनाले हस्ताक्षर गरेर धनगढी पार्कमा बन्ने संरचनाले वातावरणीय, बानस्पतिक र जैविक पक्षलाई नकारात्मक असर पार्ने भन्दै २०ं८१ को असारमै ठेक्का सम्भौता भईसकेको निर्माण कार्य रोक्न ज्ञापन बुुझाएका थिए ।

धनगढी उपमहानगरपालिकाले उक्त स्थानमा ५ सय जनालाई स्टार्टअप विजनेसका माध्यमबाट रोजगारी दिईने योजना बनाएको छ । डिपिआर अनुसार सहरी विकास तथा भवन निर्माण विभागले पार्क निर्माणका लागि पहिलो चरणमा पौने ९ करोडको ठेक्का सम्झौता गरिसकेको छ ।

नेशनल-पवन जेभीसँग २०८१ असार १७ गते निर्माणका लागि सम्झौता भएको हो भने उसलाई २०८३ को बैशाख १६ गतेसम्म वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणको काम सक्नेगरी सम्झौता भएको छ ।

धनगढीको मुख्य बजारमा रहेको उद्यान निर्माण गर्न धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । उपमहानगरपालिकाले रात्रिकालीन बजारसहितको उद्यान निर्माणका लागि डिपीआर तयार पारेको हो । धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माण कार्यको असोज १ गते उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले सिलान्यास पनि गरिसकेका छन ।

उद्यानको पुरै संरचना निर्माणका लागि उपमहानगरले ३६ करोडको डिपिआर तयार पारेको छ । उद्यान निर्माणको ठेक्का पाएको कम्पनीले त्यसभीत्र निर्माण सामाग्री राखिसकेको छ भने उसले निर्माणका पिलरहरु बाँध्ने काम पनि सुरु गरिसकेको छ ।

धनगढी उपमहानगरपालिकाले २०७९ सालको फागुनबाट उपमहानगर क्षेत्रमा ट्रीगार्ड सहित बृक्षारोपण कार्यक्रम सुरु गरेको थियो । उक्त हरियाली धनगढी अभियानमा जावलाखेल डिस्ट्रीलरी र सूर्य नेपालले ५०/५० लाख सहयोग गरेको थियो । उक्त अभियानमा नवजीवन कोअपरेटिव लिमिटेडले १० लाख रकम सहयोग गरेको थियो ।

धनगढीलाई वातावरणमैत्री बनाउने उक्त अभियानमा धनगढीभीत्र र बाहिरका गरी २८० जनाको सहभागिता छ । ट्रीगार्ड सहितको प्रत्येक विरुवामा आफ्नो ब्यापार प्रवर्धन गर्न सकिने, आफन्तको सम्झनामा सन्देश लेख्न सकिने र हरेक विरुवा बराबर ५ हजार तिर्नुपर्ने प्रावधान रहेको छ । तर धनगढी पार्क निर्माण रोक्नका लागि ज्ञापन बुझाउनेहरुको भने ‘हरित धनगढी’ अभियानमा सहभागिता देखिएको छैन ।

२०७९ सालको फागुन यता मात्रै उपमहानगरपालिकालाई एक करोड ६६ लाख भन्दा बढी रकम धनगढीलाई हरियो बनाउन संकलन भईसकेको उपमहानगरपालिको जिन्सी शाखा प्रमुख कृष्णराज जोशीले बताए । उपमहानगरपालिकाले उक्त रकमबाट ११ हजार ३ सय विरुवा रोपिसकेको छ । ‘धनगढी पार्क निर्माण गर्दा वातावरण विग्रीने, बनस्पतीय प्रभाव पर्ने जस्ता तर्क गर्दै ज्ञापन बुझाउनेहरुको हरियाली धनगढीमा सहभागिता देखिएन’ मेयर गोपाल हमालको सचिवालयका एकजना अधिकारीले भने ।

उपमहानगरपालिकाले हालै मात्र धनगढी–५ स्थित निसर्ग अस्पतालदेखि दाहाल चोकसम्म ट्री–गार्डसहित वृक्षारोपण गरेको छ । सो सडक किनारको पैदल मार्गमा ५० वटा विरुवा ट्री–गार्डसहित वृक्षारोपण गरेर सँगसँगै संरक्षण गर्ने काम समेत भइरहेको उपमहानगरले जनाएको छ ।

धनगढी उपमहानगरलाई पर्यावरणमैत्री बनाउन प्लाष्टिक बेचबिखन बन्द गरिएको छ । उपमहानगरपालिकाले बृक्षारोपणका लागि बृक्षारोपण नभई रोपिएका बिरुवाको सुरक्षाका लागि ट्री–गार्ड, तारजाली लगाउने र आवश्यकता अनुसार मल तथा सिँचाइको पनि ब्यवस्था गरी नियमित हेरचाह गर्नेगरेको जनाएको छ ।

उपमहानगरपालिकाले हालसम्म धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड र मोहना आर्यघाट क्षेत्रमा ट्री–गार्डसहित वृक्षारोपण गरिसकेको जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
अर्को लेख एसईई आइडल ४ को तेस्रो अडिसन सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिँदा सरकारी वकिलले किन दर्ता गर्‍यो ६१ जनाविरूद्ध मुद्दा

२०८२ जेष्ठ १२, सोमबार ११:२६ गते
कैलाली

धनगढीमा सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ सञ्चालनमा

२०८१ भाद्र २५, मंगलवार १३:२० गते
अर्थ-वाणिज्य

तोलामा ५३ सयले बढ्यो नेपाली बजारमा सुन

२०८२ बैशाख २३, मंगलवार ११:१३ गते
कञ्चनपुरकैलालीसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित कैलालीका २ किशोर पक्राउ

२०८२ जेष्ठ २९, बिहीबार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?