धनगढी –धनगढीको केएमसीमा भोलि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको प्रथम पुरस्कार २१,१०१ रहेको छ ।
बिहिबार अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा जवाफ प्रतियोगिता हुने भएको हो ।
प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर क्याम्पस तथा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कक्षा ११ भन्दा माथिका विद्यार्थीलाई मात्र सहभागी गराइएको कमिटीका अध्यक्ष सुनिलराज जोशीले बताएका छन् ।
प्रतियोगिताको प्रथम पुरस्कार २१ हजार १ सय १, द्वितीय पुरस्कार १२ हजार २ सय २२ रहेको छ भने तृतीय पुरस्कार ७ हजार ७ सय ७७ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीले परिचय-पत्र अनिवार्य बोकेको हुनुपर्ने बताइएको छ । साथै टिम दर्ताका लागि एक दिन म्याद थप गरिएकाले आज असोज ९ गतेसम्म टिम दर्ता गराउन सकिने आयोजकले जनाएको छ ।





