धनगढी । चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान चट्याङ लागेर लालझाडी गाउँपालिकाका–१ नौरङ्गाकी २८ वर्षीया हीरामति राना र दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यमबहादुर सुनारको ज्यान गएको हो ।
चट्याङ लागेर अचेत सुनारको दोधारा चाँदनी अस्पतालमा र गम्भीर घाइते रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिएका छन् ।
रानालाई खेतबारीमा काम गर्ने क्रममा र गुटिलको रुखमुनि ओत लागेको बेला सुनारलाई चट्याङ लागेको जनाइएको छ ।
चट्याङबाट ३६ वर्षीय जगते सुनार घाइते भएका छन् । घाइतेकाे दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।





