यी आँशु तिम्रो तिर्खा मेटाउन पानी भएका हुन,
भिक्षा माग्ने हात कसरी फूलदानी भएका हुन ।
सपना जलि रहेका थिए उनी घिउ थपि रहिन,
त्यसैले त सबथोक एकाएक खरानी भएका हुन ।
कट्टर दुस्मन भनेर परिभाषित गरेका मान्छेहरु,
तिम्रो लागि कुनै दिन तकिया सिरानी भएका हुन।
नागरिकताले विदेश जानै नमिल्ने भए पछि होला,
मलाई चिनाउने पासपोर्ट र राहादानी भएका हुन ।
फेरि पागल भन्दै हिन्छौ गल्ली,चोक र फुटपाथमा,
उस्को लागि तिम्रा यादहरु नै कहानी भएका हुन।।
सर्जक : लबदेव धामी, बैतडी





