दार्चुला –दार्चुलाबाट लागूऔषध र नगदसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार चौलानिपुल नजिक बैतडीबाट गोकुलेश्वर दार्चुला तर्फ आइरहेको मोटरसाइकलाइ चेकजाँच गर्दा मोटरसाइकलमा सवार २० वर्षीय सुरज महरा र १७ बर्षिय किशोरलाइ इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनाको साथबाट १ ग्राम लागूऔषधसहित नगद ३८ हजार ५६५ रुपयाँ प्रहरीले बरामद गरेको हो।





