डडेल्धुरा –डडेल्धुरामा भन्सार छलीका बिडी र सुपारी बरामद गरिएको छ।
जिल्लाको परशुराम नगरपालिका–५ घट्टे पलाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३६ हजार ४७० मूल्य बराबरको जिरा, बिडी, सुपारी लगायतका सामान बरामद गरिएको हो।
उक्त सामान प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।





