धनगढी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अफवाह फैलाउनेलाई कारबाही गर्न स्ववियु केएमसीले क्याम्पससँग माग गरेको छ ।
गलत मानसिकता बोकेका व्यक्तिहरुले बिना कुनै जानकारी र तथ्य प्रमाण विना ताला लगाई विद्यार्थी भर्नाको समयमा स्ववियु र क्याम्पसको बदनाम हुने गरी कार्य गरेको भन्दै कारबाहीको माग गरिएको हो ।
यसैगरी मीडियाबाजी गर्ने र अफवाह फैलाउने काम गरेकाले उक्त व्यक्तिहरूलाई क्याम्पसको कुनैपनि गतिविधिमा सहभागी नगराउने गरी कारबाही गरीदीन क्याम्पस प्रशासनलाई आग्रह गरिएको स्ववियु अध्यक्ष यमराज जोशीले बताएका छन् ।
यस्तै क्याम्पसले एक सूचना जारी गर्दै ताला लगाउने विद्यार्थीहरुसँग फोन सम्पर्क नभएको र सम्पर्क भएका व्यक्तिहरु पनि छलफलमा बोलाउँदा पनि नआएकोले उक्त विद्यार्थीहरुले स्ववियूलाई लगाएको आरोप पुष्टि हुने प्रमाणसहित उपस्थित हुन आग्रह गरेको छ ।
साथै प्रमाण नभेटिएमा क्याम्पसले अभिभावकसँग सम्पर्क गरी क्याम्पसको नियमानुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।






