धनगढी । कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ ।
कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका छन् ।
नेपाल–भारत सिमानानजिक बसोबास गरेकाका लागि बर्सातमा नदी वारपारको विकल्प डुङ्गाबाहेक अरू केही छैन ।
सवारीसाधन र बयलगाडा भने मनसुन अवधिसम्मका लागि बन्द नै हुने गरेका छन् । “झोलुङ्गे पुल नबन्दा स्थानीयले धेरै सास्ती खेप्नु परेको छ ।” वडा सदस्य सैतुराम चौधरीले भने, “बर्खायाम लागेपछि नदी वारपारका लागि डुङ्गाबाहेक अरू उपाय नै छैन ।” गोरखापत्रबाट





