यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका हमाल देशकै नम्बर वान, सिंहदरबारका नेता जनतामा फेल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीका हमाल देशकै नम्बर वान, सिंहदरबारका नेता जनतामा फेल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीका हमाल देशकै नम्बर वान, सिंहदरबारका नेता जनतामा फेल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २२, मंगलवार १४:५५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : नेपाली राजनीतिज्ञहरूको जनमत मापन गर्ने अनलाइन प्लेटफर्म ‘रेटमाईनेता’ ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले राजनीतिमा ठूलो उलटफेर देखाएको छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल देशकै सबैभन्दा लोकप्रिय नेताको रूपमा शीर्ष स्थानमा उभिएका छन्।

७ हजार ५०० भन्दा बढी भोटमध्ये ९७ प्रतिशत ‘अपभोट’ पाउँदै हमालले सात हजार ३०० भन्दा बढी सकारात्मक र केवल २५६ नकारात्मक भोट प्राप्त गरेका छन्। यो नतिजाले स्थानीय तहका स्वतन्त्र नेतृत्वप्रति बढ्दो जनविश्वास झल्काएको छ।

लोकप्रियतामा दोस्रो स्थानमा ९५ प्रतिशत एप्रुभल रेटिङसहित सागर ढकाल छन्। हालै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका उनले ६ हजार ९०० भोटमध्ये ६ हजार ५०० बढी सकारात्मक मत पाएका छन्। तेस्रो स्थानमा ९४ प्रतिशत रेटिङसहित रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठ रहेकी छिन्।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) पनि ९४ प्रतिशत एप्रुभल रेटिङका साथ चौथो स्थानमा छन् भने रास्वपाकी नेतृ सोविता गौतम ९२ प्रतिशतका साथ पाँचौँ स्थानमा पुगेकी छिन्।

रास्वपाका नेताहरूको सूची लगातार बलियो देखिन्छ। निशा डाँगी, हरि ढकाल, डा.तोषिमा कार्की र उपसभापति डा। स्वर्णिम वाग्ले शीर्ष १० भित्रै परेका छन्। धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले पनि ८६ प्रतिशत एप्रुभल रेटिङ पाउँदै प्रभावशाली उपस्थिति जनाएका छन्।

तर, ठूला दलका शीर्ष नेताहरूका लागि यो रिपोर्ट भने निराशाजनक देखिएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एप्रुभल रेटिङ १० प्रतिशत मात्र छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता झन् कमजोर देखिँदै २ प्रतिशतमा झरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणाको एप्रुभल रेटिङ १ प्रतिशतमा सीमित छ, जहाँ उनीहरूले झण्डै सबै भोट नकारात्मक पाएका छन्। ‘रेटमाईनेता’ खुला अनलाइन प्लेटफर्म हो, जहाँ सर्वसाधारणले नेताको काम, आचरण र कार्यशैलीको मूल्याङ्कन गर्दै अपभोट वा डाउनभोट गर्न सक्छन्। यही भोटिङको आधारमा नेताहरूको लोकप्रियता र एप्रुभल रेटिङ तय हुने गर्छ।

यस नतिजाले पुराना राजनीतिक अनुहारप्रति जनअसन्तोष बढ्दै गएको र नयाँ तथा वैकल्पिक नेतृत्वप्रति जनविश्वास उकासिँदै गएको संकेत स्पष्ट रूपमा दिएको छ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख वीरगञ्जको कर्फ्यू बेलुकी ६ बजेसम्म लम्बियो
अर्को लेख तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

यूएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी

२०८२ श्रावण १, बिहीबार १०:५० गते
राजनीतिसमाचार

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

२०८२ जेष्ठ २९, बिहीबार १६:०७ गते
राजनीति

भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै

२०८१ मंसिर ५, बुधबार ०८:४८ गते
कञ्चनपुरसमाचार

दलित परिवारका लागि सुरक्षित आवास

२०८२ जेष्ठ ७, बुधबार ११:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?