धनगढी – कैलालीमा झण्डै ६ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ।
आइतबार बिहान जिल्लाको गौरीगंगा–३ कुचैनीको उत्तरतर्फको जंगलबाट फेन्सी तथा काँचो कपडा, धोती, सुट, दरी कपडा, सर्ट कपडा, सारी लगायत गरेर करिब ५ लाख ८७ हजार ५ सय मुल्यको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा ती सामान नियन्त्रणमा लिएको हो।





