धनगढी – धनगढीको सरस्वती माविमा भएको गायन प्रतियोगितामा मातृका प्रसाद रेग्मीले प्रथम स्थान हासिल गरेका छन् ।
आज शुक्रबार धनगढी-७, मनेहरामा रहेको सरस्वती माविमा यार्ड धनगढीको आयोजनामा भएको गायन प्रतियोगितामा कक्षा-९ मा अध्ययनरत विद्यार्थी मातृका प्रथम भएका हुन् ।
‘यार्ड धनगढी’ले आज सरस्वती माविमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र वृहत यौनिकता शिक्षा विषयमा विद्यालयस्तरीय गायन प्रतियोगिताको आयोजना गरेको थियोे ।





