यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा तीन वर्षमा १२ सय ८४ जना दुर्व्यसनी प्रहरीको नियन्त्रणमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा तीन वर्षमा १२ सय ८४ जना दुर्व्यसनी प्रहरीको नियन्त्रणमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा तीन वर्षमा १२ सय ८४ जना दुर्व्यसनी प्रहरीको नियन्त्रणमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ८, मंगलवार १४:२९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कैलालीमा ६ महिनामा ३३३ जना लागुऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म तीन सय ३३ जना पक्राउ परेका हुन। चालु आर्थिक वर्षमा मात्र २०६ जनाका विरुद्धमा कैलाली प्रहरीले मुद्‍दा दर्ता गरेको छ।

तीन आर्थिक वर्षमा कैलालीमा एक हजार २ सय ८४ जना लागुऔषधसहित पक्राउ परेका छन। कैलाली प्रहरीको तथ्याङ्कमा २०७८/७९ मा २९७ पुरुष र ९८ महिला गरि ३१५ जना, २०७९/०८० मा ४७३ पुरुष ४९ जना महिला गरि ५२२ र २०८०/८१ मा ४२० पुरुष २७ जना महिला गरि ४४७ जना लागुऔषधसहित पक्राउ परेका हुन्। कैलाली प्रहरीले पक्राउ गरेका उनीहरूमा २०७८/७९ मा २०१ जना, २०७९/०८० मा ३४७ र २०८०/०८१ मा ३१५ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता गरिएको छ। कैलालीमा प्रत्येक वर्ष लागुऔषधको कारोबार तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनामा मात्र तीन सय ३३ जना पक्राउ परेका छन भने, २०६ जना विरुद्धमा अदालतमा मुद्‍दा दर्ता भएको छ।

कैलाली प्रहरीले विद्यार्थी तथा किशोर उमेर समूहका दुव्र्यसनीहरूको सङ्ख्या धेरै रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्र बोहराले खुल्ला सीमाका कारण समस्या रहेको बताए। उनले भने, ‘कैलालीको पलियाबाट लागुऔषध आउने हो। कैलालीमा एक सय तीन किलोमिटर खुल्ला सीमा छ। खुल्ला सीमाका कारण समस्या भएको हो। यो पुसको महिनामा मात्र ठुलो सङ्ख्यामा पक्राउ परेका छन। विद्यार्थीको सङ्ख्या बढी छ। १५ देखि २५ वर्षको उमेर समूहका विद्यार्थीहरू बढी छन्।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट धनगढी अध्ययनका लागि आएकाहरू सबै भन्दा बढी लागुऔषधको दुर्व्यसनीमा पर्ने गरेका छन। प्रहरीले अभिभावकको बेवास्ताका कारण दुर्व्यसनीमा फस्दै आएको बताएको छ। उनले भने, ‘छोरा–छोरीहरू धनगढीमा बढ्न आएका हुन्छन। अभिभावकले उनीहरूमाथि फिटिक्ककै ध्यान दिएको देखिएन। छोरा–छोरी पढिराछन् भन्ने सोच आमा–बुवाले बनाएको हुन्छन्। तर, यता उनीहरू कुलतमा फसिरहेका हुन्छन्।’ युवतीहरू पनि लागुऔषधको दलदलमा फसेको प्रहरीले बताएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ४७ औँ अमेरिकी राष्ट्रपति रूपमा ट्रम्पले लिए शपथ
अर्को लेख गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको विनाशको निरीक्षण गर्न थाले
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा २ जना लागूऔषधसहित पक्राउ

२०८१ पुष १६, मंगलवार ०९:५५ गते
कैलाली

धनगढीमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा दीप प्रज्वलन

२०८१ मंसिर २४, सोमबार १९:२६ गते
कैलाली

धनगढीमा यौन सम्पर्कपछि युवतीको मृत्यु, १० महिनापछि दुई जना पक्राउ

२०८१ आश्विन ६, आईतवार १८:२५ गते
डडेल्धुरा

डडेल्धुरामा सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध

२०८१ भाद्र ६, बिहीबार ०८:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?