काठमाण्डौं – श्रीलङ्कामा भइरहेको एसीसी महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आज हुँदैछ ।
पहिलो खेलमा दिउँसो सवा २ बजे भारत र बङ्गलादेश खेल्दैछन् भने बेलुका सवा ७ बजे श्रीलङ्का र पाकिस्तान खेल्दैछन् ।
समूह ए बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा रहँदै र पाकिस्तान दोस्रो स्थानमा रहेर सेमिफाइलनमा पुगेका हुन् । यस्तै समूह बी बाट सबै खेल जितेर श्रीलङ्का शीर्ष स्थानमा रहँदै र बङ्गलादेश दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।





