धनगढी :धनगढी क्रिकेट एकेडेमीको अन्डर १६ टोली मुम्बई पुगेको छ।
मुम्बईमा स्थानीय क्लबहरूसँग खेलदेखि मुम्बईको वाङ्खडे स्टेडियममा हुने नेपाल र विभिन्न देशहरूबीचको टिटन्टी वर्ल्डकपका खेलहरु हेर्ने गरि टोली मुम्बई पुगेको हो।
भारतको मुम्बईका विभिन्न ६ वटा स्थानीय क्लबहरूसँग खेल्ने खेलको तालिका रहेको र नेपालले विभिन्न देशहरूसँग खेल्ने विश्वकपका खेलहरू पनि प्रत्यक्ष हेर्ने तालिका रहेको डिसिएका म्यानेजर सन्दीप भट्टले बताएका छन्।







