यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलडाँडीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए स्वास्थ्य सेवा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बेलडाँडीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए स्वास्थ्य सेवा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

बेलडाँडीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए स्वास्थ्य सेवा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष २६, शनिबार १८:४७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर-कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आयोजना गरिएको १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सीपी अस्पताल प्रा।लि।को आयोजना तथा बेलडाँडी गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न शिविरबाट ४५५ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।

गाउँपालिकाको कार्यालय भवन, कञ्चनपुरमा सञ्चालन गरिएको शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि विशेषज्ञ सेवासम्म प्रदान गरिएको थियो। शिविरमा जनरल सर्जरी, फिजिसियन, भिडियो एक्स–रे, हाडजोर्नी तथा नशा रोग, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति रोग लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो।

शिविरबाट सेवा लिएका बिरामीहरूले ग्रामीण भेगमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन पाएको भन्दै सीपी अस्पताल र बेलडाँडी गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन्।

यस विषयमा बोल्दै सीपी अस्पतालका प्रशासकीय अधिकृत हेमराज जोशीले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि नै यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु अस्पतालको प्रमुख उद्देश्य रहेको बताएका छन्।

यस्तै, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिस चन्द्र रानाले आफ्ना जनताप्रति सीपी अस्पतालले देखाएको सहयोग र उदारताको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। अध्यक्ष रानाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरका लागि सीपी अस्पतालको निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन्। ।

शिविरमा संलग्न चिकित्सकहरूका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले गाउँसमाजमा लुकेर बसेका विभिन्न रोगहरूको समयमै पहिचान र निदान गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। प्रारम्भिक अवस्थामै रोग पत्ता लाग्दा उपचार प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना बढाउनुका साथै नागरिकको जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास
अर्को लेख इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक : ज्या*न गुमाउनेको सङ्ख्या २ सय नाघ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

बंगलादेशको संसद् विघटन

२०८१ श्रावण २२, मंगलवार १६:४९ गते
कैलालीसमाचार

धनगढीको जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ

२०८२ बैशाख २७, शनिबार १५:५८ गते
राजनीतिसमाचार

रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना

२०८२ भाद्र १७, मंगलवार १३:०० गते
खेलकुद

एशिया कप खेलेर नेपाली यू–१९ टोली स्वदेश फर्कियो

२०८१ मंसिर २०, बिहीबार ०९:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?