यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १७, बिहीबार १२:५७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि बुझाएको बन्दसूचीमा चितवनकै २१ जना परेको भन्दै व्यापक विरोध भयो ।

तर, सभापति रवि लामिछानेले भने चितवनबाट चार जनामात्रै सूचीमा रहेको दाबी गरेका छन् ।

चितवन लामिछानेले चुनाव लडेको जिल्ला हो । उनी चितवन–२ बाट २ पटक (आवधिक निर्वाचन र उपनिर्वाचन) भारी मतान्तरले विजयी भएका थिए । फेरि पनि यही क्षेत्रमा लड्ने तयारीमा छन् ।

हिजो कास्की पुगेका लामिछानेलाई सञ्चारकर्मीले चितवनबाटै २१ जना बन्दसूचीमा परेको विषयमा जिज्ञासा राखेका  थिए । रविले भने पार्टीको लिस्ट देखाउँदै चितवनका चार जनामात्रै रहेको बताएका हुन् । बन्दसूचीमा २१ जनाले नागरिकता लिएको जिल्ला ‘चितवन’ उल्लेख भए पनि ३ मध्ये १७ जना चितवनवासी नभएको उनको भनाइ थियो ।

लामिछानेले सबैभन्दा बढी काठमाडौंकै उम्मेदवार भएको बताए I 

उनले भने, ‘यो मलाई पार्टीले दिएको आधिकारिक सूची हो । तपाईंले हेर्दा पनि हुन्छ । चितवनबाट जम्मा ४ जना हुनुहुन्छ । धेरै चैं काठमाडौंबाट १० जना छन् ।’

बन्दसूचीमा भने २१ जनाको नागरिकता लिएको र ‘जिल्ला चितवन’ उल्लेख छ । यस विषयमा हामीले चितवनका जिल्ला सभापति कृष्ण भूषाललाई पनि सोध्यौं । उनले पनि ४ जना मात्र चितवनका मतदाता भएको बताए ।

भुषालका अनुसार डा. मनोहर प्रधान, समिना मिया, प्रभा ढकाल र सरला लामिछाने चितवनका हुन् । ‘अरुले चितवनबाट नागरिकता लिनुभएको भए पनि उहाँहरु यहाँको मतदाता हुनुहुन्न,’ उनले भने ।

बन्दसूचीमा आदिवासी जनजाति, पुरुष क्लस्टरमा मात्रै ५ जनाको नागरिकताको जारी जिल्ला चितवन देखिन्छ । डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा र सुदेश गुरुङले चितवनबाट नागरिकता लिएका हुन् । खस आर्य पुरुषतर्फ सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीक राम दाहाल गरी ७ जना चितवनबाट नागरिकता लिनेमा पर्छन् ।

यस्तै, खसआर्य महिलातर्फ विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, प्रभा ढकाल र सरला लामिछाने गरी ८ जनाको नागरिकता चितवनबाट जारी भएको देखिन्छ ।

अघिल्लो लेख सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्या*न गएपछि सुनसरीको लौकही बजार तनावग्रस्त
अर्को लेख एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरराष्ट्रिय

कञ्चनपुरमा बाँझो जग्गामा वृक्षारोपण

२०८१ श्रावण २, बुधबार १५:१५ गते
अर्थ-वाणिज्य

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८१ भाद्र १९, बुधबार ०६:२८ गते
राष्ट्रियसमाचार

महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ

२०८२ जेष्ठ १४, बुधबार १६:०२ गते
राजनीतिसमाचार

लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक

२०८२ जेष्ठ ९, शुक्रबार १५:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?