यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियाको डीडीसीमा ताला खुल्यो, आजदेखि दूधको भुक्तानी दिन सुरु गरिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियाको डीडीसीमा ताला खुल्यो, आजदेखि दूधको भुक्तानी दिन सुरु गरिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

अत्तरियाको डीडीसीमा ताला खुल्यो, आजदेखि दूधको भुक्तानी दिन सुरु गरिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १, बुधबार ११:१८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान डीडीसी प्रशासन कार्यालयमा लगाइएको ताला खुलेपछि दूधको भुक्तानी सुरु गरिने भएको छ।

जेठ ८ गते देखि लगाइएको ताला मंगलवार खुलेपछि आज बुधवार देखि किसानको दूधको भुक्तानी दिन सुरु गरिने गरिने डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराइले बताए। उनले मंगलवार ताला खुलेको भए पनि किसानको भुक्तानी भने बुधवारबाट सुरु हुने बताए। उनले बिदा भए पनि भुक्तानीको काम नरोकिने बताए। उनले पहिलो चरणमा तत्काल डेढ करोड रुपैयाँ दूधको भुक्तानी गरिने बताए।

डीडीसीको गत वर्षको माघ यताको दूधको भुक्तानी हुन बाँकी रहेको छ। माघदेखि हालसम्म करिब साढे ६ करोड भुक्तानी गर्न बाँकी भए पनि २ /३ दिन भित्रमा माघ महिनाको डेढ करोड भुक्तानी गरेर बाँकी भुक्तानी नियमित रूपमा गर्दै जाने कार्यालय प्रमुख भट्टराइले बताए। हाल डीडीसीले कैलाली, कञ्चनपुर र डडेल्धुराबाट दूध सङ्कलन गर्दै आएको छ। डीडीसीले ५९ वटा सहकारी, समूह र कृषि फारमबाट दूध सङ्कलन गर्दै आएको छ।

डीडीसीले हाल दैनिक २ हजार ५ सयदेखि ३ हजार लिटर सम्म दूध सङ्कलन गरिरहेको कार्यालय प्रमुख भट्टराइले बताए। उनले वैशाखदेखि असोजसम्म दैनिक २ हजार ५ सयदेखि ३ हजार लिटर र कार्तिकदेखि चैत सम्म साढे ६ हजार लिटर सम्म दूध सङ्कलन हुने गरेको बताए। डीडीसीको दूधको भुक्तानी देशैभर रोकिएको भए पनि अत्तरियामा करिब ४ महिनादेखि तालाबन्दी हुँदा भुक्तानीको काम ठप्प भएको थियो।

स्थानीयले डीडीसी धनगढी सार्न नहुने भन्दै तालाबन्दी गरेका थिए। डीडीसी केन्द्रीय कार्यालयले स्थानीयको माग बमोजिम तत्काल डीडीसी नसार्ने आशयको पत्र डीडीसीको केन्द्रीय कार्यालयले पठाएपछि मंगलवार ताला खुलेको हो। डीडीसी धनगढी सार्ने तयारी पछि स्थानीयले विरोध गर्दै जेठ ८ गते डीडीसी अत्तरियामा तालाबन्दी गरेका थिए। यद्यपि तालाबन्दीका बिच डीडीसीको प्रशासनिक कार्यालय धनगढी सारिएको थियो।

भदौ २९ गते डीडीसीको केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक सञ्जीव झाले डीडीसी अत्तरियालाई पठाएको पत्रमा आयोजनालाई धनगढीको कनेरीमा स्थानान्तरण गर्ने विषयलाई लिएर तालाबन्दी भएकाले हाललाई प्रशासनिक, आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण काम यथास्थानबाट गर्न भनिएको छ। उक्त पत्रका गोदावरी नगरपालिकालाई बोधार्थ राखिएको छ।

डीडीसी केन्द्रीय कार्यालयको पत्राचार पछि मंगलवार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले तालाबन्दी खोल्ने निर्णय गरिएको थियो। बैठकमा गोदावरी नगर प्रमुख वीरेन्द्र भट्ट, डीडीसीका प्रबन्धक निरञ्जन भट्टराई, डीडीसी संघर्ष समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो। सर्वदलीय बैठकमा डीडीसीको ताला खोल्ने र दसैँ भित्र किसानको दूधको भुक्तानी गर्ने, गोदावरी नगरपालिकाको प्रतिबद्धता अनुसार डीडीसीको दिगो व्यवस्थापनको लागि जग्गा उपलब्ध गराउने निर्णय भएको संघर्ष समितिका संयोजक लोक राज पाण्डेले बताए।

अघिल्लो लेख कक्षा १२ को स्थगित मौका परीक्षा आउँदो मङ्गलवार र बुधवार हुने
अर्को लेख आज विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपीएफले आज अल नासरसँग खेल्दै

२०८२ भाद्र १५, आईतवार १०:३५ गते
राष्ट्रियसमाचार

८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

२०८३ बैशाख २५, शुक्रबार ११:१८ गते
राजनीति

चीनले नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

२०८१ मंसिर १९, बुधबार ०७:२८ गते
बझाङराजनीति

बझाङ ४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचित

२०८१ मंसिर १७, सोमबार १७:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?