यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुनःस्थापनाको पर्खाइमा मुक्तकमैया
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुनःस्थापनाको पर्खाइमा मुक्तकमैया
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराष्ट्रियसुदूरपश्चिम प्रदेश

पुनःस्थापनाको पर्खाइमा मुक्तकमैया

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २, बुधबार १०:२१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली – कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ। विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो।

अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा छन्। राज्यले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौं परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेको उनी बताउँछन्।

‘राज्यले पुनःस्थापनाको काम अझै गर्न सकेको छैन। आजसम्म कमैयाले आफ्नो क्षमताले एउटा बस्ने घरसम्म बनाउन सकेका छैनन। अरूकै सहारामा बाँच्नुपरेको छ,’ चौधरी भन्छन्, ‘पटकपटक आश्वासन पायौं, सहारा कहिल्यै पाएनौं।’

शिवनगरकै रामफल चौधरीलाई बुढ्यौलीले छोइसकेको छ। सरकारले पुनःस्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवन निर्वाह गर्दै आएएका उनले २० वर्ष पुनःस्थापनाको आशामा शिविरमा बिताए। ‘पुनःस्थापनाको सम्झौता मात्रै भयो, हामी दशकौंदेखि कष्टकर जीवन बिताउन बाध्य छौं,’ उनले भने।

शान्ताराम चौधरीको समस्या पनि उस्तै छ। आज पनि उनलाई अरूको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ। ‘हिजो अरूको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, फरक त्यतिमात्र हो,’उनले भने।

दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौं मुक्तकमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन्। सो क्षेत्रमा मुक्तकमैयामात्र नभई सयौं सुकुम्बासी पनि बसोबास गर्दै आएका छन्। ‘राज्यले उचित व्यवस्थापन गरेको भए अरुको जग्गामा बस्नुपर्ने बाध्यता हुँदैनथ्यो,’ स्थानीय छेदु चौधरीले भने, ‘जग्गा जमिन नभएका हामी यो जग्गा छाडेर कता जानसक्छौं।’

मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार दुई सय छुट मुक्तकमैयाको पुनःस्थापना गर्ने बाँकी रहेको बताए। प्रदेशमा झण्डै १२ हजार मुक्तकमैया परिवार छन्। टीकापुरमा मात्रै करिब ६ सय परिवार पुनःस्थापनाको पर्खाइमा छन्।

मुक्तकमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएका सचिव चौधरीले बताए। ‘राज्यले घोषणा गरेअनुसार सबै मुक्तकमैयाको व्यवस्थापन यथाशीघ्र हुनुपर्छ,’ उनले भने। रासस

अघिल्लो लेख फ्रान्सको पत्रिकाले लेख्यो– राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन
अर्को लेख डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

राजावादीको आन्दोलनलाई सघाउने एक जना ञधर्मगुरुझ पनि पक्राउ

२०८१ चैत्र १६, शनिबार १२:३८ गते
कैलालीप्रदेशसमाचार

कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ मंसिर २, आईतवार ०९:०६ गते
राष्ट्रियसमाचार

हुम्लामा ५ घर जले, २ जना घाइते

२०८२ पुष ११, शुक्रबार १०:४२ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८१ मंसिर २, आईतवार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?