यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

चैतन्य एकेडेमीले भदौ अन्तिममा नीति सम्मेलन गर्दै, नेता र विज्ञले बहस गर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १६, सोमबार २१:१० गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं– चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३औँ श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्ने भएको छ।

समृद्ध समाज या देश निर्माणका लागि सार्थक नीति आवश्यक्तालाई ध्यानमा राख्दै ‘नीतिदेखि सम्वृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ शिर्षकमा नीति सम्मेलनको तयारी गरिरहेको चैतन्य ग्रुपका सिईओ गणेश जोशीले जानकारी दिए। सोमबार शंखमुलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिइएको हो।

‘समृद्धि तब सम्भव हुन्छ, जब नीति सबल हुन्छ। सबल नीतिले सम्वृद्ध देश बनाउन सम्भव छ। समृद्ध देशबाट नै बलियो राष्ट्रको कल्पना सम्भव छ,’ जोशीका अनुसार भदौ २७ र २८ गते धुलिखेलको हिमालय दृश्य रिसोर्टमा आयोजना हुने नीति सम्मेलनले संवादका माध्यमबाट देशको समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावनालाई उजागर गर्न अहम् भूमिका खेल्ने विश्वास छ।

वर्तमान नेपालमा राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, सामाजिक समावेशिता, शिक्षामा रूपान्तरण, सुशासनको सवल अभ्यास र आधुनिक प्रविधिको प्रयोग जस्ता विषयमा सम्मेलनमा दिग्गज र प्रवुद्ध व्यक्तित्वद्वारा गहिरो मन्थन गरिने सिईओ जोशीले जानकारी दिए।
राष्ट्र निर्माणका विविध आयामहरूमाथि केन्द्रित यो सम्मेलन सम्बद्ध नीति–निर्माण, सम्वाद र सामूहिक समाधानतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा राखिएको छ।

सम्मेलनमा राजनीति, अर्थनीति, शिक्षा, संस्कार, समाजशास्त्र, मानवीय चेता, योग, ध्यान, अध्यात्म, कला, साहित्य, संस्कृति, साशन, सेवाप्रवाह, विकास र जलविद्युतमात्र नभएर परराष्ट्र नीतिमाथि समेत मन्थन र चिन्तन गरिने छ।

यसका लागि सम्मेलनमा नीति निर्माण, कार्यान्वयन र विश्लेषण क्षेत्रका वरिष्ठ विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक, राजनीतिज्ञ, विचारक तथा समाजसेवीहरूको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
नीति सम्मेलनमा वर्तमान समस्या र समाधानमूलक चिन्तनलाई प्राथमिकता दिइने छ। युवा, महिला, मधेस, जनजाति, सिमान्तकृत क्षेत्रका आवाजलाई नीतिगत विमर्शमा स्थान दिइने र सम्भावना, आशा र सकारात्मकताको संचारलाई मूल मर्मका रूपमा समेटिन आयोजनकले जनाएको छ।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा एक दर्जन सेसन हुनेछन्। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गर्ने नीति सम्मेलनमा स्वस्ति वाचन आँचल बसलेलले गर्ने कार्यक्रम छ। कार्यक्रमका प्रमुख वक्ता प्राडा अच्युतप्रसाद वाग्ले रहने छन्।
विभिन्न सेसनमा अर्थविज्ञ, नीति निर्माता, राजनीतिज्ञ समाजसेवी, अध्यात्म अध्ययता, शिक्षाविद्, विचारक, पत्रकार र वौद्धिक व्यक्तित्वको सहभागिता रहने सिईओ जोशीले बताए।

यस्तै वरिष्ठ पत्रकार टिकाराम यात्रीले नीति बहस शब्दले नै एउटा गाम्भिर्यता बोकेको बताएका छन्। तेह्र वर्ष पहिले यो अभियान सुरु गर्दा सकसपूर्ण रहे पनि अहिले सफल हुँदै तन्नेरी बन्दै गएको बताए।

‘यो नीति बहस सरकारी होइन, गैरसरकारी पनि होइन, बौद्धिक मात्र पनि होइन। यो बहस बैको समीश्रण हो। सरकारले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई यो कार्यक्रमले टेवा पु¥याउँदै आएको छ,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यात्रीले भने।
कार्यक्रममा उच्च सरकारी अधिकारी, राजनीतिक दल, तीनै तहका सरकारको उत्तिकै सहयोग र सदीक्षा रहेका कारण कार्यक्रम आजको स्थानसम्म आइपुगेको उनले बताए। उनले आफू पनि आठ वर्षदेखि चैतन्यको यस अफियानमा जोडिएर काम गरिरहेको यात्रीको भनाइ थियो।

अघिल्लो लेख जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम
अर्को लेख दार्चुला अटोरिक्सा दुर्घटना अपडेटः बेपत्ता दुईजनाको शव फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एशिया कप खेलेर नेपाली यू–१९ टोली स्वदेश फर्कियो

२०८१ मंसिर २०, बिहीबार ०९:४१ गते
राष्ट्रिय

आज विश्व एड्स दिवस मनाइँदै

२०८१ मंसिर १६, आईतवार ०८:०१ गते
राष्ट्रियसमाचार

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ

२०८२ जेष्ठ ८, बिहीबार १२:१५ गते
खेलकुदसमाचार

टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै

२०८२ फाल्गुन ४, सोमबार ११:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?