यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अर्को सन्तान जन्माउन अस्पताल जाँदा ‘पहिलोको हत्या’ अभियोगमा पक्राउ परे बाबु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अर्को सन्तान जन्माउन अस्पताल जाँदा ‘पहिलोको हत्या’ अभियोगमा पक्राउ परे बाबु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

अर्को सन्तान जन्माउन अस्पताल जाँदा ‘पहिलोको हत्या’ अभियोगमा पक्राउ परे बाबु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ७, बुधबार १०:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

पर्वत : कास्कीमा आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-५ घर भई पोखरा महानगरपालिका-९ नागढुङ्गामा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

हत्याको घटना भने करिब एक वर्षअघिको हो। गत वर्ष असोज १३ गते साँझ पोखरा महानगरपालिका–१४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा एउटा बेवारिसे जेब्रा झोलाभित्र नवजात शिशुको शव ब्लाङकेटले बेरिएको अवस्थामा फेला पारिएको थियो। पश्चिमाञ्चल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्टमार्टम गर्दा शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको भन्ने खुलेकोले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान चलेको थियो।

घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान गर्दै जाँदा बेलकोटगढीका लामिछानेलाई गत आइतबार पक्राउ गरिएको हो। डीएसपी बस्नेतका अनुसार श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको लागि आएका थिए। त्यही मौकामा लामिछानेलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

आर्थिक अवस्था दयनीय भएकाले पालन पोषण गर्न नसक्ने भएकाले छोरालाई मारेको उनले प्रहरीलाई बयान दिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले बताए। गोविन्दकी श्रीमती सुभद्रा लामिछानेले अस्पतालमै फेरि अर्को बच्चा जन्माएकोले प्रहरीले उनलाई समेत निगरानीमा राखेको छ।

अघिल्लो लेख भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
अर्को लेख कैलालीमा लागू औषधसहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

२६ सयभन्दा तल झर्‍यो सेयर बजार

२०८२ मंसिर २८, आईतवार १५:३२ गते
खेलकुद

साफ यू–२० : श्रीलंकाविरुद्ध नेपाल विजयी

२०८१ भाद्र २, आईतवार १९:०२ गते
राजनीतिसमाचार

हामी चुप लाग्नाले प्रतिगामीहरूको मनोबल बढेको छ : ओली

२०८२ जेष्ठ ११, आईतवार १४:४८ गते
कैलालीसाहित्य

धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ

२०८१ पुष १६, मंगलवार १९:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?