यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ पुल बन्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ पुल बन्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ पुल बन्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १२, शुक्रबार १३:४२ गते
SudarshanTelevision
4 मिनेटको
कैलारी गाउँपालिका–७ रामपुर कटैनी नदी मोटरेबल पुल बन्ने स्थान ।
सेयर गर्नुहोस्

धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ वटा पुल बन्ने भएको छ । चालु आर्थिक वर्षदेखि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

आठ वटै पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । जिल्लाको विभिन्न पालिकामा पुल निर्माणका लागि ठेक्का आह्वान भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर विनोद खड्काले जानकारी दिए । उनका अनुसार ठेक्का भर्खरै आह्वान भएकाले मूल्याङ्कन, छनोट प्रक्रिया टुङ्ग्याउन केही महिना लाग्ने छ ।

पूर्वाधार विकास कार्यालयले बहुवर्षीय आयोजनाको रूपमा गोदावरी नगरपालिका–२ र ४ जोड्ने भालु खोला पुल, गौरीगङ्गा नगरपालिकाको कान्तिपुर–पहरेनी मोटरेबल पुल, जोशीपुर गाउँपालिका–५ पक्की पुलको ठेक्का आह्वान गरेको छ । यस्तै, चुहादेखि तोरीपुर जाने पथरैया नदी सडक पुल, कैलारी गाउँपालिका–७ रामपुर कटैनी नदी मोटरेबल पुल, धनगढी उपमहानगरपालिका–१८–धर्मापुर गदरिया मोटरेबल पुलको ठेक्का आह्वान गरिएको छ ।

मोहन्याल गाउँपालिकाको चिसापानी–सोल्टा रोडमा पर्ने बादे खोला र सोही रोडमा पर्ने सागुरे खोला मोटरेबल पुलको पनि ठेक्का आह्वान भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

यी पुलहरू निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ करोड ३९ लाख रुपियाँ बजेट छुट्टयाएको छ । यद्यपि, ठेक्का प्रक्रिया भर्खरै सुरुवात भएकाले छुट्याइएको बजेट खर्च हुने सम्भावना न्यून छ । चालु आर्थिक वर्षभित्र ठेक्का सम्झौता भएमा १० प्रतिशत बजेट खर्च हुने र बाँकी बजेट फिर्ता जाने सूचना अधिकारी खड्काले बताए । “ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले १० प्रतिशत रकम पेश्की पाउँछन्”, उनले भने ।

यसैबिच, भौतिक पूर्वाधार विकास कार्यालयले सात वर्षको अवधिमा कैलालीमा १८ वटा पुल निर्माण गरेको छ । सो कार्यालयले ५८ करोड ७६ लाख रुपियाँ लागतमा त्यति पुल निर्माण गरेको हो ।

२०७३ मा बहुवर्षीय ठेक्का लागेको गोदावरी नगरपालिकाको भालु खोला पुल, २०७४ मा ठेक्का लागेको लम्कीचुहा नगरपालिकास्थित चौरी नदी पुलको काम सम्पन्न भइसकेको छ । यसैगरी, २०७६ मा ठेक्का भएको घुरहा पुल, घोडाघोडीको ताल खोला पुल, सेहरी बल्मी पुल, कैलारीको डम्मरा–बन्दरगौढी पुल, कान्द्रा नदी पुल, जोशीपुर–जानकी गाउँपालिका जोड्ने बरिगाउँ पुल, चुरे गाउँपालिकाको निगाली पुल, गौरीगङ्गा नगरपालिकाको मसुरिया–गदरिया पुल बनिसकेको छ ।

यस्तै, २०७७ मा ठेक्का भएका गोदावरी नगरपालिकाको बाका खोला पुल, कुटी बछेडा पुल, चिसापानी सोल्टा सडक अन्तर्गत कौरा खोला पुल, चाक्ले खोला पुल र बर्दगोरिया गाउँपालिकाको घैला खोला पुल बनिसकेका छन् । २०७७ मा ठेक्का भएका पाँच वटा पुल भने अलपत्र अवस्थामा रहेका जनाइएको छ । गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख अछामको जयगढ–रामारोशन सडक कालोपत्रको काम २ वर्षदेखि ठप्प
अर्को लेख बैतडीमा पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

दिनेश एफएममा कार्यरत कैलाशको सवारी दुर्घटनामा निधन

२०८१ भाद्र १६, आईतवार १०:४० गते
कैलाली

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष १९, शुक्रबार १०:२२ गते
कैलाली

धनगढीबाट ४ वटा राँगागाडासहित १४ लाखको अवैध सामान बरामद

२०८१ कार्तिक २, शुक्रबार १४:३२ गते
अन्तर्राष्ट्रिय

अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारिएका पाकिस्तानको दाबी

२०८२ बैशाख १५, सोमबार १०:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?