यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा जापनिज इन्सेफ्लाइटिसबाट दुईको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २०, बिहीबार १५:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीमा यसवर्ष जापनिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोडाघोडी नगरपालिका–५ र ६ का नौ वर्षीय बालक र ६० वर्षीय पुरुषको ज्यान गएको हो ।

यसवर्ष हालसम्म छ जनामा इन्सेफ्लाइटिस पुष्टि भएको सो कार्यालयका रमा गिरीले जानकारी दिइन् । सङ्क्रमण पुष्टि भएकामध्ये तीन जना उपचार पश्चात् घर फर्की सकेका छन् ।

एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गौरीगङ्गा नगरपालिका–२ का ६५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको गिरीले जानकारी दिइन् ।

गोदावरी नगरपालिकाको ४६ वर्षीया एक महिला, सोही पालिकाकै पाँच वर्षीय बालक र धनगढी उपमहानगरपालिकाका एक पाँच महिनाको बालक भने उपचारपछि निको भएर घर फर्केका छन् ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स जातका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने सरुवा रोग हो । मानिसबाट मानिसमा नसर्ने यो रोग लामखुट्टेले हाँस, घोडा, सुँगुर, बङ्गुर जस्ता पशुपन्क्षीलाई टोके पश्चात् मान्छेलाई टोक्दा लाग्ने गर्दछ । क्युलेक्स जातको लामखुट्टे विशेष गरेर हिलो भएको ठाउँ र खेतबारीमा बढी हुने गरेको जनाइएको छ ।

जापनिज इन्सेफ्लाइटिस लागेमा बेस्सरी टाउको दुख्ने, धेरै ज्वरो आउने, बान्ता हुने, बेहोस हुने, घाँटी कडा हुने, कम्पन हुने, मस्तिष्कमा असर भई पक्षाघात हुने जस्ता लक्षण देखा पर्दछ ।

रोग ज्यादै कडा भएमा बिरामीको मृत्युसमेत हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कैलालीमा गत आर्थिक वर्षमा दुई जनामा जापनिज इन्सेफ्लाइटिस रोगको सङ्क्रमण पुष्टि भएको थियो । जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको जनाइएको छ ।

अघिल्लो लेख दुई ठुला दल मिल्दा आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक
अर्को लेख धनगढीमा गृहमन्त्री लेखकद्वारा पेट्रोल पम्पको उद्घाटन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीकाे देवहरिया वनस्पति उद्यानमा चार सय २१ सिमलका बिरुवा रोपण

२०८१ श्रावण २७, आईतवार १९:४६ गते
कैलाली

आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा

२०८१ श्रावण २, बुधबार ०८:१० गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली कञ्चनपुरमा बिदा कटौती, आजदेखि सेवा प्रवाह सुचारु

२०८२ आश्विन २०, सोमबार १२:१३ गते
कैलालीसमसामयिक/राेचकसमाचार

विद्युत प्राधिकरण धनगढीको बोर्ड ह्याक, लेखियो ‘आई लभ यू चित्रा’

२०८१ माघ २, बुधबार १०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?