यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दुई पटक म्याद थप्दा पनि बनेन पुल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दुई पटक म्याद थप्दा पनि बनेन पुल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

दुई पटक म्याद थप्दा पनि बनेन पुल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २७, बिहीबार १४:२९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी।डेढ वर्षमा बन्नुपर्ने सुर्मीनाला पुल साढे चार वर्ष पुग्न लाग्दा पनि बन्न सकेको छैन ।

लापर्बाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । दुई पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले पुलको काम पूरा गर्न नसकेको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीको कैलारी गाउँपालिका–३ स्थित सुर्मीनाला खोलामा यो पुल बन्दै छ । बर्का मुडा र भर्री जोड्ने सुर्मीनाला पुलको २०७७ साउन १८ मा ठेक्का सम्झौता भएको थियो ।

२०७८ पुस १८ मा निर्माण कार्य पूरा भइसक्नुपर्ने पुल अझैसम्म अधुरै रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताए । निर्माण कम्पनीले लापर्बाही गरेका कारण अहिलेसम्म पुल बन्न नसकेको उहाँको दाबी छ । “पुल निर्माणको समयावधि सकिएपछि दुई पटक म्याद पनि थप गरियो,” प्रमुख खत्रीले भन्नुभयो, “म्याद थप्दा पनि ठेकेदारले काम गरेनन् ।”

पुल निर्माणका लागि धनगढीकै थेगिम कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । २०७८ पुस १८ गते निर्माण समयावधि सकिएपछि पहिलो पटक २०७९ असार २३ मा म्याद थप गरिएको थियो । त्यसपछि पनि निर्माणको काम पूरा नभएपछि पुनः म्याद थपिएको थियो । दोस्रो पटक थप गरिएको म्याद गत असार २१ मा सकिएको छ ।

ठेकेदारले अब काम गरेपछि मात्रै म्याद थप गर्ने प्रमुख खत्रीले बताउनुभयो । “अब धेरै काम छैन । स्ल्याब मात्रै हाल्न बाँकी छ,” उहाँले भन्नुभयो, “यस वर्ष जसरी पनि काम गर्छु भनेर ठेकेदारले भनेका छन् । काम गरेपछि म्याद थप हुन्छ ।”

सुर्मीनाला खोलामा निर्माणाधीन २६ मिटर सो पुलको चार करोड ९६ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको कार्य अधुरै रहे पनि ठेकेदारले तीन करोड ४३ लाख रुपियाँ भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । थेगिम कन्स्ट्रक्सन प्रालिका प्रतिनिधिसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

अघिल्लो लेख डडेल्धुराका लक्ष्मण शिक्षण पेसा छोडेर किबीबाट कमाउँदैछन् वार्षिक १० लाख
अर्को लेख १९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम

२०८२ बैशाख १३, शनिबार २१:०८ गते
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम अपाङ्गता शिक्षक समाजको अध्यक्षमा साउँद

२०८१ कार्तिक २३, शुक्रबार १५:०८ गते
कैलाली

कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति, तीन जना घाईते

२०८१ मंसिर १९, बुधबार ०८:४९ गते
कैलाली

धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने

२०८१ फाल्गुन १९, सोमबार ११:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?