यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘क्या गजबले हार्यो‌ चुनाव’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘क्या गजबले हार्यो‌ चुनाव’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीतिविचार/ब्लग

‘क्या गजबले हार्यो‌ चुनाव’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ४, बिहीबार १७:३८ गते
SudarshanTelevision
7 मिनेटको
सेयर गर्नुहोस्

देशभरका अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको छ। विद्यार्थीहरुको महासंग्राम अगामी दुई वर्षको लागि नेतृत्व चयन गरेर विद्यार्थीहरूले सकेका छन्। सर्वप्रथम सवैलाई वधाई सँगै शुभकामना!

यस पटक यो संग्राममा म आफै पनि सहभागि भएको थिए। म स्वतन्त्र भन्दै विद्यार्थीको माझमा गएको थिए तर मलाई यत्ति पनि रुचाएनन्, मैले पछुताउने समय पनि पाएन वाहा क्या गजब भयो चुनाव ! मलाई चुनाव लडेर हारेकोमा त रति भर पनि पछुतो छैन ‌। यसमा त के जितिन्छ के हारिन्छ यो स्वभाविक छ र हुन्छ।

कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम प्रदेश भरिकै अधिक विद्यार्थी भएको शौक्षिक केन्द्रका रुपमा स्थापित क्याम्पस हो । यसै क्याम्पसमा मैले पनि स्वतन्त्र भएर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्ने निधो गरेर अघि बढे । सचिव पदमा उम्मेदवारी दिएर चुनावमा होमिए । कयौं वाधा,अड्चन र प्रतिकुलताका बिच पनि अघि वढियो , केही सिकियो र पो गजब तरिकाले चुनाव हारियो।

भन्न त भनिन्छ हार बाट सुरु भएको राम्रो, मलाई त यहाँ अधिक धेरै राम्राे भएको छ। कारण कसैले चाहेकै छैन नयाँ सुरुवात गर्न, सबैले यही विधि र पद्धति रुचाएका छन, सधैँ यस्तै चाहान्छन् । म पनि भन्छु यस्तै रहोस् ।

मलाई म हारेकोमा चिन्ता र दुख हैन जित्नेहरुको अवस्था देखेर मन भक्कानिएर आएको छ। यस पालि त किल्ला भत्काउने, बनाउने काम गरेकोमा खुसी छन । के यहि गर्न जितेका हुन कि , हुन त निसन्देह पार्टीको प्रतिष्ठा जोगाउनका खातिर त जितेका हुन । विद्यार्थीको लागि गर्ने त “सम्झिने पानी छम्किने भने झैँ हो” । मैले यो लेखिरहँदा यहालाई लाग्छ यो मान्छे आलोचना गरिरहेको छ। संका नगर्नु मैले यो गर्न सक्दिन यो मेरो प्रवृत्ति पनि हैन ‌ । मैले त जे देखे त्यही बताउने प्रयास गर्दैछु।

साथीले मजाक उडाउँदै भन्यो चुनाव त क्या गजब हार्यो‌ । म त्यति वेला उत्तर बिहिन भएको थिए । हार पनि गजबको हुन्छ र भन्दै के भन्ने भनेर अकमकाएको थिए। अब भन्छु हो साथी २ हजार ५७ ले मत दान गरेको क्याम्पसमा ६५ मत मात्रै ल्याउनु साच्चिकै गजबकै हार हो ‌ । तर यो हारको पछाडि कयौँ सफलता र प्रेरणा छन् । मलाई मत दान गर्ने ६४ जना सवै विद्वान् हुन भनेर त भन्दिन तर स्वार्थबिहिन हुन पक्कै भन्न सक्छु।

म आफै वल्ल तल्ल भर्ना भएको मान्छे म कसरी सक्थे अरुलाई भर्ना गर्न, मलाई साँझ बिहान खाना खान सोच्नु पर्छ म कहा मासु भात खुवाउन सक्छु । प्रकृतिले दिएको पानी जस्तो छ त्यस्तै खाने आदत कहाँ मिनिरल वाटरमा स्टिकर सहित दिन सक्थे मेरो आफ्नै ठेगान छैन कसरी अरुलाई झुटा आश्वासन दिन सक्थे हैन र त्यसैले हो, साथी तिमीले भने जस्तै मैले गजबले चुनाव हारेको ।

मैले यस पटकको चुनाव पो गजबले हारेको हुँ । तर मैले पटक पटकको लागि धेरैलाई गजबले हराएको पनि त छु । यो साच्चिकै तिमी देख्दैनौ किन कि मैले हारेकोमा तिमी खुसी छौँ। तर तिमीलाई थाहा छैन मेरो अन्तर मनको जीत, म देखाउन पनि त सक्दिन। अरु जस्तै जिते छु भने, यो जित तिमीलाई पक्कै देखाउने छु ‌। मात्रै तिमी धर्य गर्नु ।

साथी मेरो जस्तो अवस्थामा अरु कोही चुनाव लड्न त के सोच्न पनि सक्दैनन्। मैले सके यो नै मेरो सफलता हो । बाँकी मैले हारेकोमा तिमी खुसी भयौ यो झनै ठुलो अर्को सफलता हो । तिमीजस्तै हजारौलाई खुसी पार्न सक्नु भन्दा ठुलो अर्को कुनै जित हुन्छ र भन त ! लाखौंको सामु शुन्यको कुरा गर्नेले गजबले नहारेर कसरी हार्छ साथी; पार्टीवाद, पुँजीवाद, जातिवाद, भूगोलवादका विरुद्ध उभिनेको यस्तै हार हुनुपर्छ ताकि थप सशक्त बन्ने मौका पावस नत्र कसरी सम्भव नै छैन।

मैले जस्लाई दुई मान्छेको सामु उभिन सक्ने बनाए उहीँ झण्डाको छहारीमा रमाउन गयो भने मेरो कुनै जित्ने औकात हुन सक्छर पक्कै हुँदैन । त्यसैले त तिमीले पनि मौका पायो ‘क्या गजबले हार्यो‌ चुनाव’ भन्न हैन र !

धेरै लेखे भने यहाँलाई पक्कै पनि लाग्छ यो मान्छे आफुले हारेको पिडा पोखिरहेको छ । तपाईँ न झुल्किनु होला म अघि नै हार्छु भन्ने थाहा हुँदा हुदै अघि बढेको थिएँ। मैले वास्तविकता पोख्ने प्रयास मात्रै गरेको हुँ । बाँकी तपाँइ आफै विश्लेषण गर्नुस्, मेरो भन्नु केहीँ छैन ।
अन्त्यमा स्ववियु जित्ने देशैभरका विद्यार्थी नेतृत्व साथीहरुलाई वधाई सँगै शुभकामना र पराजित हुनेलाई तिमीले सबै हारेका हैनौँ
यो खेल हो , जे पनि स्वभाविक छ ।
साथी तिमीलाई पनि धन्यवाद तिम्रा शब्दले लेख तयार भयो ‌ । साथी ‘क्या गजबले हार्यो‌ चुनाव’……..।

लबदेव धामी, धनगढी
कैलाली बहुमुखी क्याम्पसको पाँचौं सेमेस्टरमा पत्रकारिता अध्ययनरत विद्यार्थी धामी चैत २७ गते सम्पन्न स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार हुन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को वार्षिक परीक्षा नै रोकिने सम्भावना बढ्यो
अर्को लेख शिक्षकहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ

२०८२ असार ११, बुधबार १०:३१ गते
कञ्चनपुरसमाचार

महाकाली नदीमा पानीको बहाव घट्दोः बाढी विस्थापित अझै घर फर्कन सकेनन्

२०८२ भाद्र १७, मंगलवार १२:१७ गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

धनगढीको ठेकराज माविमा गरियो आगलागी सम्बन्धि अभिमुखिकरण कार्यक्रम

२०८१ श्रावण ३, बिहीबार १७:१० गते
कैलाली

धनगढीमा ट्रकमा शव फेला, चालक र सहचालक नियन्त्रणमा

२०८१ श्रावण १३, आईतवार १८:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?