यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १७, बिहीबार १२:४९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

डडेलधुरा ।सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र सडक भीमदत्त राजमार्गमा परेको खाल्टाखुल्टीले दैनिक हजारौँ यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ । सो राजमार्ग अन्तर्गत डडेलधुरा जिल्लामा पर्ने सडकखण्ड बिग्रिएकाले यात्रा कष्टकर हुँदै आएको छ ।

यो सडकखण्ड मर्मतका लागि सडक डिभिजन कार्यालय डोटीबाट करिब १३ करोड रुपियाँ लागतको छ वटा ठेक्का सम्झौता गरिएका छन् तर हालसम्म कामको सुरुवात नहुँदा सडकको स्तरोन्नति हुन सकेको छैन । नेपालीको महान चाड दसैँतिहार आउँदासम्म यात्रुले असहज यात्रा गर्नुपर्ने बाध्यता छ ।

ठेक्का सम्झौता भए पनि वर्षा र दसैँको मुखमा कामको सुरुवात गर्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस सडकखण्डको गैरा–अनारखोली खण्डमा पहिले पनि ठेक्का सम्झौता भएका थिए ।

ठेकेदारले काम नगरेपछि सम्झौता तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राखी हाल नयाँ ठेक्का सम्झौता गरिएका हुन् । नयाँ ठेक्का सम्झौता गरिएको दुई महिनासम्म पनि काम सुरु हुन सकेको छैन ।

गैरा–हगुल्टे सडकखण्डको आठ किलोमिटर मर्मतका लागि चन्द्रविकास जेभी धनगढीसँग पाँच करोड चार लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र जैसीले जानकारी दिए । उनका अनुसार २०८१ साउन १३ गते ठेक्का सम्झौता भएको थियो भने २०८२ जेठ ३० गतेसम्म निर्माण पूरा हुनुपर्ने छ ।

यस्तै भातकाँडा–साहुखर्क सडकखण्डको छ किलोमिटिर मर्मतका लागि रुद्रवती माँ निगलाशैनीसँग दुई करोड २६ लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको छ । यसै गरी स्याउले–अनारखोलीको आठ किलोमिटर सडक मर्मतका लागि उमा इन्फा बिल्डर्स धनगढीसँग तीन करोड ७२ लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको उनले बताए । यी तीन वटै ठेक्का निर्माण हुने समय एउटै रहेको छ ।

उनका अनुसार यी तीन वटै सडकखण्ड निकै बिग्रिएका छन । बिग्रिएका सबै खण्डमा खाल्टाखुल्टी टाल्ने र त्यसमाथि एक ‘रियाप लेयर’ हाल्ने गरेर ठेक्का सम्झौता गरिएको छ । यसै गरी कैलाली जिल्लाको फल्टुडेदेखि बैतडीको अनारखोली बजारसम्मको सडकखण्डमा परेका खाल्टाखुल्टी टाल्न जय गणेश निर्माण सेवासँग ३२ लाख रुपियाँ, फल्टुडे–गैर खण्डका खाल्टाखुल्टी टाल्न ६८ लाख र गैरा–स्याउले सडकखण्डका खाल्टाखुल्टी टाल्न ७० लाख रुपियाँ बराबरका थप तीन गरेर नयाँ ठेक्का सम्झौता पनि भएको सूचना अधिकारी जैसीले जानकारी दिए । गोरखापत्रबाट

अघिल्लो लेख बडादशैँ शुरू, आज घटस्थापना
अर्को लेख हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको हेलिकप्टरबाट उद्धार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जाँत मनाइने

२०८१ मंसिर २१, शुक्रबार २२:१८ गते
डडेल्धुराप्रदेशसमाचार

कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजार बन्द

२०८२ असार ४, बुधबार १०:५४ गते
कञ्चनपुरडडेल्धुरा

डडेल्धुराका एक पुरुष कञ्चनपुरमा मृत फेला

२०८१ आश्विन ४, शुक्रबार १२:०१ गते
डडेल्धुराबैतडी

उग्रतारा–मेलौली सडकखण्डमा पुल नहुँदा आवतजावतमा समस्या

२०८१ भाद्र ११, मंगलवार १०:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?