डडेल्धुरा – डडेल्धुरामा ६ जना जवाडे पक्राउ पक्राउ परेका छन्।
जिल्लाको अमरगढी नगरपालिका वडानम्बर ५ तुफानडाँडाका ४० वर्षीय हिक्मत ऐरीको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐरीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।





