अब मेरा घर भोट माग्न कोइ जिन आया
न मुइखी तम्रो नागरिकता चाइयो
न मुइखु तम्रो भोट कार्ड चाइयो
क्या खिलाई भोट दिउ तमि चोरखीलाई
मेरा ‘बाजे’
मेरा ‘बा’
२००७ साल बाटी हालेको भेटले के पायो ?
के दियो मेरा ‘बा’ ‘बाजे’लाई ?
कठै बरा मेरा ‘बाजे’ नुमाइसिको जरले
ओखती नपाइ बर तड्पी तड्पी मर्या !
‘बाजे’को तड्पाइको मराइले
‘बजै’ आज सम्म पनि बाचेर पनि मरेकी छन् ।
मेरा बा’ स्वतन्त्रताको
भारी बोक्दा
माओवादीले जंगल लैग्याको
आज सम्म लौ फर्की बर घर आएका आछिन
यतिका बर्ष सम्म लौ के खाइ बर बसेका हुन्ना ‘बा’
कठै मेरा ‘बा’ जिउना हुन्ना कि मरिगया हुन्ना !
मेरि आमा अझै
अलमलमै दिनरात रुदि छन्
सिउदोको सिंदुर पुछु कि नपुछु ?
कन्नौडो बेड्याको रातो धोती लाउ कि फुकाउ ?
छमछम बजन्या चुरा फुटाउकी सजाउ ?
मेरि आमा अझै दोधारमा छिन् ।
न ‘बाजे’का रामणा दिन थिया भनी सुन्या
न ‘बा’ सुखले बस्या छन् भन्ना सुन्या
न मेरा दिन राम्रा छन् !
बाज्या ओखती नपाइ मर्या
बा स्वतन्त्रताको नाउमा जंगल लखेटिया
मु रोजगार नपाइ बिदेशीया
चेलो बिदेशी नागरिक भै जन्मन्छ कि कसब ?
सबै थाहा छ
तमि चोर नेताखी
सबै धेकेका छौ तमि चोर नेताले
अब क्या मुखले भोट माग्द आउना मेरा घर
क्या दिउला भनी भोट माग्न आउन्या हौं चोरौ ?
‘बाज्या’ सक्या
‘बजैको’ सिंदुर पुछ्या
‘बा’ मार्या
‘आमा’ बिधुवा बनाया
‘मु’लाई परदेशी बनाया
अबछी मेरा घर क्या भनी भोट माग्द आउना ?
अब भोट माग्द जिन आया
तुमरो मुइखी केइ नै चाइनो !
सर्जक : आभाष उपाध्याय





