यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा चार सय हेक्टर बढी अतिक्रमित वन क्षेत्र खाली

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २२, मंगलवार १६:१० गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । एफ आर ए नेपालले सन् २०१० देखि २०१४ सम्म गरेको नेपालको वन क्षेत्रको सर्वेक्षणअनुसार मुलुकमा सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला कैलाली हो ।

जिल्लाको कूल तीन लाख २८ हजार सात सय १६ हेक्टरमध्ये दुई लाख पाँच सय ७३ हेक्टर वन क्षेत्र रहेको उक्त सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

देशको सबैभन्दा बढी वन क्षेत्र भएको जिल्लामा अतिक्रमणको समस्या पनि धेरै रहेको सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले बताए ।

उनका अनुसार कैलालीमा मात्रै २२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा रहेको छ । अतिक्रमण बढेसँगै नियन्त्रणका प्रयासलाई पनि तीव्रता दिइएको विष्टले बताए ।

गत आर्थिक वर्षमा जिल्लामा चार सय ८९.४ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जिल्लामा दुई वटा डिभिजन वन कार्यालयअन्तर्गत वनको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतको चार सय १६ हेक्टर अतिक्रमण क्षेत्र खाली गराइएको कार्यालयका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले बताए ।

उनका अनुसार भजनी नगरपालिका–७ मा रहेको पुरैना तालको तीन सय ८१ हेक्टर जमिन खाली गराई ड्याम निर्माण गरिएको छ । भजनी–१ मा रहेको मोहोन्याल, पशुपति र वनदेवी सामुदायिक वन, वडा नम्बर ९ स्थित सयपत्री र लौकाहा भौकाहा सामुदायिक वनमा हटरा बनाइएको र खनजोत गरेको ३३.९ हेक्टर वन क्षेत्र खाली गराइएको ठाकुरले बताएका छन् । उनका अनुसार उक्त क्षेत्रमा अतिक्रमण हटाई वृक्षारोपण गरिएको छ ।

घोडाघोडी नगरपालिका–२ स्थित मोहोन्याल सामुदायिक वन, लम्किचुहा नगरपालिका–१ स्थित जनकल्याण सामुदायिक वनभित्र बनाइएका भौतिक संरचनाहरू पनि भत्काइएको ठाकुरले जानकारी दिए ।

डिभिजन वन कार्यालय कैलालीअन्तर्गत ७३ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाइएको सो कार्यालयका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार अतिक्रमण हटाइएको ४३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिसकिएको छ भने बाँकी क्षेत्रमा समेत वृक्षारोपणको तयारी भइरहेको छ ।

जिल्लामा विभिन्न बहानामा वन क्षेत्र अतिक्रमण हुने गरेको बताउँदै कँडेलले बाढीपहिरोबाट विस्थापित भएकाहरू अस्थायीरुपमा वन क्षेत्रमा टहरा बनाई बस्ने गरेकाले पनि अतिक्रमण बढेको उल्लेख गरेका छन् ।

ठाकुरका अनुसार वन क्षेत्रको भोगाधिकार नलिई विभिन्न सङ्घसंस्था, स्थानीय पालिका, वडा कार्यालयलगायत सरकारी कार्यालयका भवन, मन्दिर, पार्किङस्थल, अस्थायी बजार वन क्षेत्रमा बनाइने गरेकाले पनि वन क्षेत्र अतिक्रमणमा परिरहेको छ ।

जिल्लाको चुरे क्षेत्र हुँदै भारतको दुधुवा नेसनल पार्कलाई जोड्ने अन्तर्राष्ट्रिय महत्वको वसन्ता जैविक मार्गसमेत अतिक्रमणको उच्च चपेटामा रहेको डिभिजनल वन अधिकृत कँडेलले बताए । उनका अनुसार सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाको हुलाकी राजमार्ग आसपासमा पर्ने वसन्ता वन क्षेत्र बर्सेनि बाढीपिडितका साथै विभिन्न बहानामा निरन्तर अतिक्रमणको चपेटामा पर्दै आएको छ ।

पछिल्लो समय अतिक्रमण नियन्त्रणका लागि कैलालीमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय संरक्षण समूह, सङ्घसंस्थाबाट सहयोग प्राप्त भए पनि स्थानीय तह र राजनीतिक दलबाट अपेक्षित सहयोग प्राप्त नहुँदा समस्या भइरहेको डिभिजनल वन अधिकृत कँडेलले बताएका छन् । रासस

अघिल्लो लेख सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने
अर्को लेख पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुर्घटना, एकको मृत्यु, दुई घाईते

२०८२ जेष्ठ २२, बिहीबार ११:१४ गते
कैलाली

सर्वोत्कृष्ट अभिनय तर्फको अवार्ड रितु चौधरीलाई

२०८१ मंसिर ६, बिहीबार ०८:२५ गते
कैलालीसमाचार

धनगढीमा अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको कपडा बरामद

२०८२ श्रावण २३, शुक्रबार १०:१८ गते
कैलाली

ऐश्वर्य विद्या निकेतनले धनगढी भित्रका ३८ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिमा पढाउने

२०८१ चैत्र ९, शनिबार १६:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?