धनगढी –आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा रहेको छ।
कमैया मुक्ति दिवसको अवसरमा कैलाली जिल्लाका स्थानीय तह कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकालगायत पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै बुधबार सार्वजनिक बिदा दिएका हुन्।
२४औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका हुन्।
पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरूका घरमा बाँधुवा मजदुरको रूपमा कमैया बस्ने गरिन्थ्यो।
राज्यले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्यो । २७ हजारभन्दा बढी कमैयाहरू मुक्त भए। त्यसयता कमैया दिवस मनाइँदै आएको छ ।
तर हालसम्म सयौँ मुक्तकमैया अझैसम्म पुनर्स्थापना हुन बाँकी रहेका छन्।





