याे अस्तव्यस्त जिन्दगीबाट
केही समय फुर्सद मिलाएर
म हिड्ने छु
बाटो नसकिन्जेलसम्म
गन्तव्यमा नपुगुन्जेलसम्म !
म हिड्ने छु
गाउँका जङ्गल खाेला नदि किनाराहरुमा
सडकका गल्लीहरुमा राेडहरुमा
फाेहाेर सँग खेल्दै रमाउँदै
जङ्गलहरुमा
शितल छहारीमा चिसो हावापानीकाे साथमा !
म हिड्ने छु
याे जिन्दगीलाई साथमा लगेर
कुनै जंगलकाे बाटो
म हिड्ने छु
दुश्मनलाई पैताला मुनि राखेर
आफ्नो समयकाे बाटो
म हिड्ने छु !
केही समयको ख्याल गरेर
म आफ्नो गन्तव्यमा हिड्ने छु
केही समयहरुकाे
सम्झना गर्ने छु !
केही समयहरुबाट
म सजाय लिने छु
केही समयहरुबाट
म खुब आनन्द लिने छु !
म एक यात्री हुँ
आफ्नाे यात्रामा निरन्तर हिडिरहने छु !!
सर्जक : भुवन ओझा





