धनगढी – लागूऔषध मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१३ बस्ने २२ वर्षीय देवेन्द्र राना पक्राउ परेका हुन्।
रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको बताइएको छ।





