कञ्चनपुर –कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने २६ वर्षीय सुमेर राम राना र २४ वर्षीय प्रदिप राना पक्राउ परेका हुन्।
उनीहरु दुबै जनालाई बेलौरी नगरपालिका–७ पौलाहबाट सुदूरपश्चिम प्रदेश ०१–००९ प ५५३३ नम्बरको मोटरसाइकल र २.५८ ग्राम लागूऔषधसहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।





