काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस-एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै अध्यक्ष केसीले दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने बताएका हुन् ।
सांसद केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको समेत टिप्पणी गरेका छन् ।
एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो ।
एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्याएको बताए ।




