यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ भाद्र १०, बुधबार २०:२३ गते
SudarshanTelevision
10 मिनेटको
सेयर गर्नुहोस्

धनगढी। मदिरा व्यवसायी संघ कैलालीको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन आगामी भदौ १४ गते आइतबार धनगढी स्थित ॐ प्यालेसमा हुने भएको छ।

अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएपछि संघभित्र चुनावी सरगर्मीसमेत बढेको छ। अध्यक्ष पदका उम्मेदवार तथा संघका पूर्व महासचिव कमल बम नेतृत्वको प्यानलले उम्मेदवार सहित ११ बुँदे कार्ययोजना सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्र बनाएको छ।

अन्तिम मतदाता नामावलीअनुसार संघमा १५० जना मतदाता छन्। अध्यक्ष पदका लागि कमल बमसँगै सागर शम्सेर राणा पनि चुनावी प्रतिस्पर्धामा छन्।

“व्यवसायीको समस्या बुझ्ने मात्र होइन, समाधानका लागि अगाडि बढ्ने नेतृत्व” र “प्रतिबद्धता होइन, परिणाम देखाउने नेतृत्व” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको बम नेतृत्वको प्यानलले मूल्यमा एकरूपता, कर तथा कानुनी सहायता, डिजिटल प्रविधि, बीमा, बैंकिङ सहकार्य, सदस्य सुविधा, व्यवसायीको क्षमता विकास र संस्थागत पारदर्शितालाई प्राथमिकतामा राखेको जनाएको छ।

यस्तो छ कमल बम नेतृत्वको प्यानल

बम नेतृत्वको प्यानलबाट अध्यक्षमा कमल बम उम्मेदवार छन्। उनी यसअघि संघको महासचिवको जिम्मेवारीमा थिए।

उपाध्यक्षमा विनोद बलायर, रविन्द्र थापा र दीपेन्द्र बहादुर सिंह उम्मेदवार छन्। महासचिवमा मधन राज उपाध्याय, सचिवमा पूर्ण बहादुर बोहरा, कोषाध्यक्षमा राकेश चौधरी तथा सहकोषाध्यक्षमा साजन कुँवर उम्मेदवार रहेका छन्।

सदस्यतर्फ गणेश बोहरा, दीपक धामी, चन्द्रा कुमारी बोगटी, रामकृष्ण चौधरी र पुरन राना उम्मेदवार छन्।

प्यानलले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षका उम्मेदवार कमल बमको क्रमसंख्या १ छ। उपाध्यक्षतर्फ विनोद बलायरको क्रमसंख्या १, रविन्द्र थापाको २ र दीपेन्द्र बहादुर सिंहको ३ रहेको छ।

महासचिवका उम्मेदवार मधन राज उपाध्याय, सचिवका पूर्णबहादुर बोहरा, कोषाध्यक्षका राकेश चौधरी तथा सहकोषाध्यक्षका साजन कुँवरको क्रमसंख्या १ उल्लेख गरिएको छ।

सदस्यतर्फ गणेश बोहरा क्रमसंख्या १, दीपक धामी २, चन्द्रा कुमारी बोगटी ३, रामकृष्ण चौधरी ४ र पुरन राना ५ मा रहेका छन्।

मूल्यमा एकरूपतादेखि डिजिटल सदस्यतासम्म

बम प्यानलले मदिरा व्यवसायमा देखिने मूल्य असमानता र अस्वस्थ प्रतिस्पर्धालाई प्रमुख समस्यामध्ये एक मानेको छ। उत्पादकले निर्धारण गरेको मूल्यसूचीअनुसार बिक्री गर्ने वातावरण निर्माण गर्न उत्पादक, वितरक र व्यवसायीबीच समन्वय गर्ने प्यानलको प्रतिबद्धता छ।

यसै योजनाको विस्तारका रूपमा डिजिटल मूल्यसूची सञ्चालन गर्ने र वेबसाइटमार्फत मूल्य प्रविष्टि तथा अद्यावधिक गर्ने व्यवस्था भदौ महिनाभित्रै कार्यान्वयन गर्ने लक्ष्य प्यानलले सार्वजनिक गरेको छ।

प्यानलका अनुसार डिजिटल मूल्यसूचीले उत्पादकबाट निर्धारित मूल्यबारे व्यवसायीलाई सहज जानकारी उपलब्ध गराउनुका साथै अनावश्यक मूल्य प्रतिस्पर्धा र अस्वस्थ व्यापारिक अभ्यास न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सदस्य व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन प्रत्येक सदस्यलाई क्युआरसहितको डिजिटल परिचयपत्र उपलब्ध गराउने, सदस्यता नवीकरण, सदस्यको विवरण तथा संघबाट उपलब्ध हुने सुविधाको डिजिटल अभिलेख राख्ने योजना पनि अघि सारिएको छ।

सदस्य र परिवारका लागि ‘सुविधा कार्ड’

व्यवसायीसँगै उनीहरूको परिवारलाई समेत प्रत्यक्ष लाभ पुग्ने गरी ‘सदस्य सुविधा कार्ड’ सञ्चालन गर्ने प्रतिबद्धता प्यानलले गरेको छ।

अस्पताल, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, डेन्टल, ल्याब, आँखा अस्पताल, जिम, होटल, रेस्टुरेन्ट तथा सवारी सर्भिसिङलगायत सेवा प्रदायक संस्थासँग समझदारी गरी संघका सदस्य र उनीहरूका परिवारलाई छुट तथा सहुलियत उपलब्ध गराउने योजना रहेको प्यानलले जनाएको छ।

यस अघि सुरु गरिएको सदस्य दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने र सम्भव भए सम्म त्यसको दायरा सदस्यका परिवारसम्म विस्तार गर्न पहल गर्ने प्रतिबद्धता पनि कार्ययोजनामा समेटिएको छ।

कर र कानुनी समस्याका लागि सहायता डेस्क

मदिरा व्यवसायीले नियमित रूपमा सामना गर्नुपर्ने कर, मूल्य अभिवृद्धि कर (भ्याट), बिलिङ, लेखा, व्यवसाय नवीकरण तथा अन्य कानुनी विषयमा सहज परामर्श उपलब्ध गराउन ‘कर तथा कानुनी परामर्श सहायता डेस्क’ स्थापना गर्ने योजना प्यानलले सार्वजनिक गरेको छ।

सदस्यलाई नियमित तथा सहुलियतपूर्ण रूपमा विषयगत विशेषज्ञसँग परामर्शको पहुँच उपलब्ध गराउने प्यानलको प्रस्ताव छ।

सरकारले कर, अन्तःशुल्क, बिलिङ वा मदिरा व्यवसायसँग सम्बन्धित नयाँ नीति, नियम वा व्यवस्था ल्याउँदा व्यवसायीले समयमै जानकारी पाउन ह्वाट्सएप तथा एसएमएसमा आधारित सूचना प्रणाली सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

बैंक तथा बीमासँग संस्थागत सहकार्य

व्यवसायीको पूँजी व्यवस्थापनदेखि जोखिम सुरक्षासम्म सहयोग पुर्‍याउने उद्देश्यसहित प्यानलले बैंक तथा बीमा संस्थासँग विशेष सहकार्य गर्ने प्रस्ताव गरेको छ।

“व्यवसायको पूँजीदेखि सुरक्षासम्म, संघको सहकार्य” भन्ने अवधारणाअन्तर्गत सदस्य व्यवसायीलाई सहुलियतपूर्ण व्यावसायिक कर्जामा पहुँच पुर्‍याउन बैंकसँग संस्थागत समन्वय गर्ने प्रतिबद्धता जनाइएको छ।

व्यवसाय सञ्चालन तथा स्टक खरिदका लागि आवश्यक वित्तीय सेवामा सहजीकरण, डिजिटल बैंकिङ, क्युआर तथा पीओएस सेवामा विशेष सुविधा दिलाउन पहल गर्ने योजना पनि यसमा समेटिएको छ।

त्यस्तै व्यवसाय, पसल र स्टकको बीमामा सहुलियत, सदस्य तथा परिवारका लागि दुर्घटना र स्वास्थ्य बीमा योजनामा सहकार्य तथा बैंकिङ र बीमासम्बन्धी आवश्यक जानकारी र परामर्शमा सहजीकरण गर्ने प्यानलको योजना छ।

प्यानलले भनेको छ, “सदस्यको व्यवसाय बलियो भयो भने मात्र संघ बलियो हुन्छ। त्यसैले व्यवसायको आवश्यकता अनुसार बैंक तथा बीमा क्षेत्रसँग संस्थागत सहकार्यलाई प्राथमिकतामा राखिनेछ।”

प्रत्येक सदस्यलाई निःशुल्क वेबसाइट दिने घोषणा

व्यवसायलाई डिजिटल बजारसँग जोड्ने योजनाअन्तर्गत संघमा आबद्ध प्रत्येक सदस्य व्यवसायीलाई निःशुल्क वेबसाइट उपलब्ध गराउने प्रतिबद्धता पनि बम प्यानलले सार्वजनिक गरेको छ।

वेबसाइटमा व्यवसायको परिचय, उपलब्ध वस्तु तथा सेवा र सम्पर्क विवरण राख्न सकिने व्यवस्था गरी व्यवसायको डिजिटल उपस्थिति र प्रचारप्रसार विस्तार गर्ने लक्ष्य राखिएको छ।

डिजिटल मूल्यसूचीलाई समेत वेबसाइट प्रणालीसँग जोडेर सञ्चालन गर्ने योजना प्यानलको छ।

व्यवसायीका छोराछोरीलाई शिक्षा र प्रतिभा प्रोत्साहन

प्यानलले व्यवसायी परिवारका लागि शिक्षा तथा प्रतिभा प्रोत्साहन कार्यक्रमसमेत अघि सारेको छ।

सदस्यका छोराछोरीलाई शैक्षिक संस्थामा छुट उपलब्ध गराउन सहकार्य गर्ने, उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने र आवश्यकताअनुसार छात्रवृत्ति तथा प्रतिभा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ।

व्यवसायी स्वयंको क्षमता विकासका लागि कर, बिलिङ, स्टक व्यवस्थापन, डिजिटल प्रविधि, ग्राहक व्यवस्थापन तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमित तालिम र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ।

समस्या सुन्न ‘व्यवसायी संवाद’

सदस्यसँग संघको प्रत्यक्ष सम्पर्क बढाउन नियमित ‘व्यवसायी संवाद’ कार्यक्रम सञ्चालन गर्ने प्यानलको योजना छ।

कार्यक्रममार्फत व्यवसायीका समस्या, सुझाव र गुनासा प्रत्यक्ष रूपमा सुन्ने तथा समाधानका लागि संघबाट भएका पहल र प्रगति सदस्यसमक्ष सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको छ।

लामो समयदेखि व्यवसाय गर्दै आएका, उत्कृष्ट व्यवसाय वा व्यवस्थापन गरेका तथा संघको संस्थागत विकासमा योगदान पुर्‍याएका सदस्यलाई ‘उत्कृष्ट व्यवसायी सम्मान’ प्रदान गर्ने योजना पनि कार्ययोजनामा छ।

आर्थिक पारदर्शिता र जवाफदेहितामा जोड

संघका आर्थिक तथा संस्थागत गतिविधिको व्यवस्थित अभिलेख राख्ने, आवश्यक विवरण सदस्यसमक्ष पारदर्शी रूपमा प्रस्तुत गर्ने र निर्णय प्रक्रियामा जवाफदेहिता बढाउने विषयलाई बम प्यानलले आफ्नो ११ बुँदे कार्ययोजनाको अर्को प्राथमिकताका रूपमा राखेको छ।

प्यानलले संघलाई सीमित व्यक्ति वा समूहभन्दा सबै सदस्य व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।

सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गर्दै कमल बम नेतृत्वको प्यानलले आफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न सदस्य व्यवसायीसमक्ष अपिल गरेको छ।

१५० मतदाताले नयाँ नेतृत्व चयन गर्ने अधिवेशनमा अध्यक्षका लागि पूर्वमहासचिव कमल बम र सागर शम्सेर राणाबीच प्रतिस्पर्धा हुने भएको छ। बम नेतृत्वको प्यानलले भने व्यवसायीका दैनिक समस्या समाधानसँगै संघलाई प्रविधिमैत्री, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धतासहित आफ्नो चुनावी अभियान अघि बढाएको जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो एक क्विन्टल गाँजा

२०८१ श्रावण २९, मंगलवार १९:५७ गते
खेलकुद

कर्णालीका लागि जयकिशन कोल्सावालाको अर्धशतक

२०८१ पुष ३, बुधबार १०:३२ गते
समाचार

पेरिस पारालिम्पिक्समा कास्य विजेता पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पाउने

२०८१ भाद्र १६, आईतवार ०६:३५ गते
राष्ट्रियसमाचार

भारतको जम्मू कश्मीरमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

२०८२ श्रावण ३०, शुक्रबार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?