यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ श्रावण १७, आईतवार १४:१० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्ने गर्दछ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ मूल्य प्राप्त हुने र सोही आधारमा निगमले मूल्य समायोजन गर्ने प्रचलन छ। तर, हिजो १ तारिखमा नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन।

स्वचालित मूल्य प्रणालीअनुसार २ रुपैयाँसम्म मूल्य घटाउने वा बढाउने अधिकार निगम व्यवस्थापनलाई हुन्छ। सोभन्दा बढी मूल्य हेरफेर गर्नुपर्ने अवस्थामा निगमको सञ्चालक समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हिजो प्राप्त नयाँ मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव निगमको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ । हाल निगमको सञ्चालक समिति अध्यक्षमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी छन् । 

सदस्यहरूमा उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, अर्थ मन्त्रालयका सहसचिव शङ्करबहादुर केसी, गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी र वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकोटा, यस्तै विज्ञ सदस्यका रूपमा नरबहादुर ऐर, सदस्य सचिवमा ई. दीपक बराल र आमन्त्रित सदस्यमा आधिकारिक ट्रेड युनियनका वीरेन्द्रबहादुर चन्द छन् ।

निगम स्रोतका अनुसार यसपटक भारतबाट पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले बढेर आएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पनि मूल्य वृद्धि देखिएको छ,’ स्रोतले भन्यो, ‘शनिबार र आइतबारको बिदाले सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको हो । बैठकले निर्णय गरेपछि मात्र नयाँ मूल्य कार्यान्वयनमा आउनेछ ।’

भारतबाट मूल्य बढेर आएका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित देखिएको छ, तर निगमले कहिलेसम्म नयाँ मूल्य सार्वजनिक गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

ट्याग गरिएको:featured
अघिल्लो लेख रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
अर्को लेख ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा ३० वर्षीया युवकको हत्या, ५ जना पक्राउ

२०८१ कार्तिक २६, सोमबार ११:१३ गते
राष्ट्रिय

योहो टेलिभिजनसहित चार सञ्चारमाध्यम कालोसूचीमा

२०८१ कार्तिक २६, सोमबार १०:३० गते
राजनीतिराष्ट्रियसमाचार

रास्वपाका मन्त्रीहरूले राजीनामा दिँदै

२०८१ असार २०, बिहीबार ०९:०१ गते
अर्थ-वाणिज्य

तोलामा ५३ सयले बढ्यो नेपाली बजारमा सुन

२०८२ बैशाख २३, मंगलवार ११:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?