यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: योहो टेलिभिजनसहित चार सञ्चारमाध्यम कालोसूचीमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: योहो टेलिभिजनसहित चार सञ्चारमाध्यम कालोसूचीमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

योहो टेलिभिजनसहित चार सञ्चारमाध्यम कालोसूचीमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २६, सोमबार १०:३० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल काम गरेको भन्दै विभिन्न चार वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानविन गरिरहेको सो कार्यालयले जनाएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबारको बैठकले सो निर्णय गरेको हो।

काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारवाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ। दशैंअघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।

आइतबार एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय गरेको छ । काउन्सिलले कालोसूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ ।

कालोसूचीमा पर्ने सञ्चारमाध्यममा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डटकम, खोजतलासअनलाइन डटकम छन् । काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबरब्युरोमा समेत पठाएको छ ।

त्यसैगरी आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारवाहीका लागि काउन्सिलले ७ वटा सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । त्यसमा दियोपोष्ट डटकम, मोटिभेटन्यूज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभि र विजीटिभी (युट्युब च्यानल) छन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको छ ।

बैठकपछि सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने खालका र अश्लील सामग्री सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

अघिल्लो लेख दार्चुलाबाट ८ जना जुवाडे पक्राउ
अर्को लेख बाग्लुङमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

आज साउनको दोस्रो सोमबार, शिवालयमा दर्शनार्थीको घुइँचो

२०८१ श्रावण १४, सोमबार ०८:३९ गते
राष्ट्रियसमाचार

सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

२०८२ मंसिर २६, शुक्रबार ११:४८ गते
राष्ट्रिय

रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप चार जना पक्राउ

२०८१ फाल्गुन २३, शुक्रबार ११:०३ गते
राष्ट्रिय

चितवनको बीपी कोइराला क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

२०८१ मंसिर ११, मंगलवार १३:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?