यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक खोज्न १९ औँ पटक विज्ञापन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक खोज्न १९ औँ पटक विज्ञापन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १५, सोमबार ११:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कालीकोट :कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ।

सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो।​

नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवस्थित रूपादेवी माविले गणित विषय शिक्षकका लागि १८ पटकसम्म विज्ञापन गरे पनि पाउन सकेको छैन । अछामको रामारोसनसँग सिमाना जोडिएको दुर्गमको यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९औँ पटकको विज्ञापन गरेको छ।

वैशाखयता १५–१५ दिनको फरकमा १८ औँ पटक विज्ञापन गर्दा पनि दर्खास्त परेन। विद्यालयका प्रधानाध्यापक (प्रअ) दानबहादुर बुढाले गणितका शिक्षक पाउनै मुस्किल भएको बताए।

गत कात्तिक ३० गते विद्यालयले १९ औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको शिक्षक पाउन कठिनाइ भएको प्रअ बुढाको भनाइ छ।

९० प्रतिशत दलित समुदायको बसोबास रहेको उच्छवबाट नजिकको अर्को विद्यालय पुग्न दुई घण्टा जङ्गलको बाटो हिँड्नु पर्छ। विद्यालय टाढा भएपछि स्थानीयले मानापाथी उठाएर २०३५ सालमा स्थापना गरेको रूपादेवी विद्यालयमा बाल विकासदेखि १० कक्षासम्म ३७५ जना विद्यार्थी अध्यानरत रहेको खबर आजको गोरखापत्र दैनिकमा समाचार रहेको छ।

तीन प्रावि स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजी स्रोत गरी १३ जना शिक्षक कार्यरत छन्।

यस्तै शुभकालिका गाउँपालिका–२, बालाचौरस्थित कालिका माविले अघिल्लो शैक्षिक सत्रका लागि मावि तह विज्ञान विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दासम्म अध्यापन अनुमतिपत्र भएको एक जनाले पनि दर्खास्त दिएनन्।

पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि बिनालाइसेन्सको विज्ञान शिक्षक भर्ना गरेर विद्यालयले अध्यापन गराउँदै आएको छ।

अघिल्लो लेख कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने
अर्को लेख हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ वार्षिकोत्सवमा ४० यूनिट रगत संकलन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

२०८२ कार्तिक २३, आईतवार ०९:२९ गते
खेलकुद

एनपीएल खेल्न नेपाल आईपुगे इङ्ग्ल्यान्डका टम मुर्स

२०८१ मंसिर १४, शुक्रबार ०७:४४ गते
खेलकुद

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम तथा काठमाण्डौं र लुम्बिनी खेल्दै

२०८१ मंसिर २६, बुधबार ०७:०८ गते
राजनीतिसमाचार

शिक्षा समितिको बैठक बस्दै, टुंगिएला विधेयक ?

२०८२ असार २२, आईतवार १२:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?