ओइ
मेरा गाउँ झान्या भया हँट्
धेकल्ली हिउँले सेता भयाका हिमाल
अग्ला डाँडाका ढुङ्गा मि बसिकन
हेरल्ली पारी सम्मको ठौर
ठेकका गडा हेरल्ली
गोर्थी झाँदा गुराउँसी फूल खाल्ली
फाँको लेल्ली
फाँकान्दो तिर्खुलो हाली खाल्ली
पाल्त गई मन्जाइनु खाल्ली
काफल खाल्ली
घँगारु चबाउल्ली
काँडा नखोप्प्किकन (नबिझाई) ऐँसेलु खाल्ली
यति खाँदा खाँदै,
खोलो सुसायाको रना सुनल्ली
चल्लाको चिर्बिर सुनल्ली
डाँडाका ढुङ्गा मि बसिकन पाडिलो घाम तापल्ली
घामलाई छेकिकन उड्याको बाल्दा सित फुटो खिचल्ली
उँथा तुँइसंग बसिकन कविता कोरि रयाको
माइसका काखौँदी निदाइकन तेई कविता सुनल्ली
अब भन् मेरा गाउँ झान्याइ क्या?
– सुनिल बुढा (कछुवा)





