यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सार्वजनिक निकायमा नेपाली उत्पादनको प्रयोगमा सरकारको कडाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सार्वजनिक निकायमा नेपाली उत्पादनको प्रयोगमा सरकारको कडाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सार्वजनिक निकायमा नेपाली उत्पादनको प्रयोगमा सरकारको कडाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २८, सोमबार ०९:३५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्


काठमाण्डौंं – सरकारले सार्वजनिक निकायमा नेपाली उत्पादनको प्रयोगलाई कडाइका साथ कार्यान्वयन गर्न शुरू गरेको छ ।+

उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी निकायहरूमा नेपाली उत्पादनको प्रयोग अनिवार्य गर्न गएको पुस ५ गतेदेखि निर्देशिका जारी गरेर लागू गर्न भनेको हो । सबै सार्वजनिक निकाय तथा कार्यालयले आयोजना गर्ने कार्यक्रममा अतिथि सत्कार र खाजामा नेपाली नै उत्पादन प्रयोग गर्न स्मरण गराएको छ ।

निर्देशिका अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा सकेसम्म नेपाली उत्पादन नै खरिद गर्नुपर्नेछ र उपलब्ध भएसम्म नेपाली उत्पादन नै प्रयोग गर्नुपर्नेछ ।

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६८ को प्रयोग गरी यो निर्देशिका तयार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । निर्देशिकाअनुसार सार्वजनिक निकायमा कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ स्वदेशमा उत्पादित वस्तु नै प्रयोग गर्नु पर्नेछ ।

यसैगरी सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल, वृद्धाश्रम बालगृह, सुधार गृह तथा कारागारमा प्रयोग हुने खाजा तथा खानामा पनि स्वदेशी उत्पादन हुनुपर्नेछ । यस्तै स्टेसनरी, कार्यालय सामान, छपाइसम्बन्धी वस्तु वा सामग्री पनि स्वदेशी उत्पादन मात्रै प्रयोग गर्नु पर्नेछ ।

विभिन्न गोष्ठी सेमिनार, कार्यक्रमा आवश्यक पर्ने वस्तु ब्याग, दोसल्ला, सलजस्ता सामग्रीमा स्वदेशी उत्पादन प्रयोग गर्नु पर्नेछ भने तयारी पोसाकसँग सम्बन्धित वस्तु र कोसेली तथा उपहार सामग्री पनि स्थानीय कच्चा पदार्थबाट निर्मित कपडा प्रयोग गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

यसबाहेक ऊन, जुटबाट निर्मित वस्तु तथा सामग्री, ढाका तथा ढाकाजन्य सामान, पस्मिनाका उत्पादन, सार्वजनिक निकायका कर्मचारी तथा पदाधिकारीलाई तोकिएको पोसाक तथा टोपी जुत्ता, पेटी लगायतका सामान पनि स्वदेशी नै हुनुपर्नेमा जोड दिइएको छ ।

सरकारले स्वदेशी वस्तुको अधिकतम प्रयोग गर्ने सार्वजनिक निकायलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ । यस्तै निर्देशिकाको कार्यान्वयन, अनुगमन, समन्वय तथा सहजीकरण गर्न राष्ट्रिय स्तरमा १३ सदस्यीय निर्देशक समिति रहनेछ । जसमा उद्योग सचिव संयोजक रहने व्यवस्था गरेको छ ।

समितिले सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद र प्रयोग सम्बन्धमा आवश्यक समन्वय, सहजीकरण र अनुगमन गर्नेछ । निर्देशिका लागू भएपछि स्वदेशमा उद्योगधन्दा र कलकारखाना बढ्ने तथा रोजगारी सिर्जना हुनुका साथै राजश्वको दायरा पनि विस्तार हुने सरकारले विश्वास लिएको छ ।

अघिल्लो लेख कर्णाली प्रदेशबाट चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
अर्को लेख कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

काठमाण्डौंको बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिए

२०८२ भाद्र २९, आईतवार ११:२५ गते
राष्ट्रियसमाचार

सिरहामा लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

२०८२ जेष्ठ ३०, शुक्रबार १४:३४ गते
राष्ट्रिय

अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

२०८२ बैशाख १८, बिहीबार ११:५४ गते
राष्ट्रिय

‘स्वास्‌नी पाउन नसकेको थारो’ भनेपछि घनले हानेर काका काकीको हत्या

२०८१ फाल्गुन १२, सोमबार ११:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?