काठमाण्डौं –आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लो कारोबार दिन अस्ति आइतवार सुनको भाउ तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





