यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

बालबालिकाको स्नायु विकासको द्रूत मूल्याङ्कन प्रतिवेदन : ललितपुरका चार प्रतिशत बालबालिकामा समस्या

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार ०९:३९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –ललितपुर महानगरपालिकाभित्रका आठवटा सामुदायिक विद्यालयमा गरिएको एक अध्ययनमा चार प्रतिशत बालबालिकाको स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको कमजोरी वा दुर्बलता भएको पाइएको छ ।

अध्ययन प्रतिवेदनअनुसार सहभागी दुई हजार दुई सय ४३ जना विद्यार्थीमध्ये दुई सय नौ अर्थात नौ दशमलव तीन प्रतिशतमा स्नायु विकासको अवस्था परिक्षण भएको थियो । तीमध्ये ८२ जना अर्थात तीन दशमलव सात प्रतिशत बालबालिकामा समस्या पहिचान भएको थियो ।

यस तथ्याङ्कलाई विश्लेषण गर्दा चार प्रतिशत बालबालिकामा स्नायु विकास सम्बन्धमा कुनै न कुनै प्रकारको समस्या भएको पाइएको हो । दुई दशमलव दुई प्रतिशत बालबालिकालाई तत्काल उपचार गर्नुपर्ने अवस्था रहेको पाइएको छ । महानगरपालिकासँगको सहकार्यमा रातो बङ्गला फाउण्डेशन र रातो बङ्गला स्कुलले स्नायु विकासको द्रूत मूल्याङ्कन (RNDA) प्रतिवेदन सार्वजनिक गरेर यो जानकारी दिएको हो ।

सामान्य, हल्का, मध्यम र गम्भीर, चार प्रकारका समस्याका आधारमा गरेको अध्ययनका आधारमा प्रतिवेदन तयार गरिएको फाउण्डेसनले जनाएको छ । अध्ययनमा विद्यालयस्तरका बालबालिकाको मांसपेशी, दृष्टि, श्रवणशक्ति, बोली, बौद्धिक अवस्था, व्यवहार, पोषण अर्थात उमेर अनुसारको कद र तौलबारे सूचना सङ्कलन गरी तिनको विश्लेषण गरिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताइन् ।

अध्ययनअघि सबै विद्यालयका नर्सहरुलाई तालिम दिनुका साथै महानगरका २९ वटै वडाहरूमा घरपरिवार सर्वेक्षण गरेको थियो । प्रतिवेदनले बालबालिकाको विकासमा अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने, सरकारले मातृशिशुको पोषणमा ध्यान दिनुपर्ने, सङ्घीय संरचना मार्फत शिक्षामा समग्र विकासको खाका बनाएर कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

ललितपुरबाट शुरू भएको यो अध्ययन देशका अन्य ठाउँमा पनि विस्तार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पौडेलसहित विभिन्न पालिकाका मेयर, प्रमुख प्रशासकिय अधिकृत , शिक्षा तथा स्वास्थ क्षेत्रसँग सरोकार राख्ने सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

बङ्गलादेशको प्रोतिबोन्धी फाउण्डेसनका डा.नाइला जमान खान, हुमैरा मुस्लिम लगायतका अनुसन्धानकर्ताहरू, बालरोग विशेषज्ञ, पोषणविद् लगायतले विकास गरेको स्नायु विकासको द्रूत मूल्याङ्कनले बालबालिकाहरूमा भविष्यमा हुन सक्ने स्नायु विकासका कमी कमजोरीहरुलाई पहिचान गर्छ ।

अघिल्लो लेख इजरायली आक्रमण : गाजामा ज्यान गुमाउनेको संख्या ४५ हजार पुग्यो
अर्को लेख सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२०८१ श्रावण २६, शनिबार १०:४१ गते
राष्ट्रियसमाचार

पहिलो राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन शुरु

२०८२ माघ ७, बुधबार १०:३१ गते
राष्ट्रिय

पोखरामा प्रहरी र रास्वपा कार्यकर्ताबीच मुठभेडको अवस्था

२०८१ कार्तिक ४, आईतवार १३:०४ गते
राष्ट्रियसमाचार

तीन निर्माण कम्पनी कालोसूचीमा

२०८२ जेष्ठ ८, बिहीबार १३:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?