धनगढी – ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले क्याम्पस र क्याम्पस प्रमुखलाई बदनियतपूर्ण ढङ्गले बदनाम गर्न खोजिएकाे स्पस्ट पारेका छन्।
धनगढी उपमहानगरपालिकामा गुनासाे गर्ने समुहले आफ्नाे व्यक्तिगत स्वार्थका कारण क्याम्पस र क्याम्पस प्रमुखलाई निसाना बनाइ बदनाम गर्न खाेजिएकाे उनकाे भनाइ थियो।
क्याम्पस प्रमुख भट्टलाई लक्षित गरि ऐश्वर्य विद्या निकाेतनलाई सोधिएका प्रश्नमा क्याम्पस प्रमुखकाे भनाई तल जस्ताको तस्तै उल्लेख गरेका छाै ।
“सर्बप्रथम त ऐश्वर्य विद्या निकेतनलाई सोधेको प्रश्नमा ऐश्वर्य बहुमुखी क्याम्पस र क्याम्पस प्रमुख जाेडिनु खेद जनक छ।
२०६३ सालमा ८ राजनीतिक दल, समाजिक व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी तथा धनगढी वासीकाे सहयाेगमा स्थापना गरेकाे ऐश्वर्य शैक्षिक गुठीले संचालन गर्ने निर्णय गरेकाे ऐश्वर्य बहुमुखी संचालन गर्ने निर्णय गरेकाे थियाे।
दशक लामो समय ऐश्वर्य विद्या निकेतनकाे प्राचार्य रहदाँ विद्यालयकाे शैक्षिक तथा भाैतिक प्रगति के कती भएकाे थियाे त्याे जग जाहेर कुरा नै हाे। विद्यालयकाे भाैतिक संरचना शैक्षिक विकास मेराे टीमकाे पालामा धेरै भएकाे छ। त्याे हामीले भन्दापनि हाम्रो कामले भनेकाे कुरा हाे।
२०६५ सालमा म क्याम्पस प्रमुख हुँदा क्याम्पसमा १२ जना विद्यार्थी मात्र अध्ययनरत थिए। क्याम्पस त्याे बेला झाेलामा थियाे । अहिले ऐश्वर्य बहुमुखी क्याम्पसकाे प्रगति के कति भएकाे छ त्याे पनि भनिरहनु पर्दैन। हामीले शिक्षा क्षेत्रकाे ठुलाे प्रमाणपत्र क्यूएए पाइसकेका छाै। क्यूएएका साथै प्रदेशकाे नमुना क्याम्पस क्याम्पस पनि बनाउन सफल भयाै ।
मलाई विद्यालयबाट क्याम्पसमा पठाउँदा म क्याम्पसमा आइसकेपछि क्याम्पसलाई धेरै सुधार गर्दै अघि बढायौं। संचालक समितिको सहयाेग, सहकर्मीकाे लगनसिलता ले हामी याे स्थान सम्म आएका छाै। क्याम्पस सुधार हुँदै जाँदाखेरि विद्यार्थी संख्या पनि बढ्न थाल्यो। विद्यार्थीलाई त्यही खालको गुणस्तर आवश्यक परेकाले हामीसँग त्यत्रो बजेट थिएन त्यसका लागि हामीले विश्वविद्यालय अनुदान आयोग मार्फत पाउने सर्टिफिकेट क्युएएका लागि पहल गर्न थाल्याै ।
क्यूएएका लागी क्याम्पसकाे आफ्नै जग्गा, भवन र जनशक्तिकाे आवश्यकता पर्ने भएकाे हुँदा विद्यालयले आफ्ना २२ जना स्थाइ शिक्षकलाई विद्यालयबाट तलब सुविधा लिने गरि र विद्यालयमा न्युनतम वर्कलाेड रहने गरि क्याम्पसमा समायाेजन गर्ने निर्णय गरेकाे थियाे। त्यो निर्णय विद्यालयको व्यवस्थापन समितिले गरेको थियो।
समायोजन पछि नपढाएर दाेहाेराे तलब खाएको भनिएको छ
त्यसो हैन विद्यालय व्यवस्थापन समितिले प्रशासनिक गतिविधि लागि भनेर ४ जनालाई पठाएको थियो र केही समयपछि क्याम्पसले आर्थिक गतिविधिमा फड्काे मारेपछि । अहिले क्याम्पसले ८ जनाकाे पारिश्रमिक आफैं दिँदै आएकाे छ। क्याम्पसबाटै पारिश्रमिक लिएका छाैँ। दाेहाेराे पारिश्रमिक कही कतै लिएकाे देखिन्छ भने कानूनी उपचारमा अगाडि बढ्न म अनुराेध गर्दछु।
पत्रमा उल्लेख भएअनुसार ऐश्वर्य विद्या निकेतनले विद्यालयकाे जग्गा क्याम्पसलाई किन दिइयो भनिएको छ क्याम्पसले क्युएए पाउनका तथा अन्य विभिन्न बिधा विकासकालागि मापदण्ड अनुसार लागि आफ्नाे नाममा जग्गा तथा जनशक्ती हनु पर्ने हुन्छ। व्यवस्थापन समितिकाे निर्णय अनुसार क्याम्पस कही कतै जान खाेजे वा मर्ज भएमा चल अचल सम्पत्ति ऐश्वर्य बिद्या निकेतनलाई फिर्ता दिने निर्णय पनि भएको छ ।
ऐश्वर्य बहुमुखी क्याम्पस र ऐश्वर्य विद्या निकेतन ऐश्वर्य शैक्षिक गुठीलेनै संचालन गरेकाे छ । ऐश्वर्य विद्या निकेतन क्याम्पसकाे जननी हाे। जसरी बच्चा बन्माइ सकेपछि हुर्काउने जिम्मेवारी आमावुबाकाे हाे भने क्याम्पसलाई हुर्काउने जिम्मेवारी पनि विद्यालयको हाे। यसमा दुइमत केकाे लागि ?
क्याम्पसले क्युएए प्राप्त गर्न सहज हाेस भन्ने हेतुले जग्गा नाममा हाल्ने गरि काम अगाडि बढाइएको हाे। त्यसका साथसाथै विश्वविद्यालय अनुदान आयाेगबाट नियमित अनुदान पनि आउने गरेकाे छ । यो प्रगति हो की होइन ? जग्गा पनि सार्वजनिक संस्थामै गएको छ। कसै व्यक्तिको नाममा गएको होइन।
पारदर्शिताकै कुरा गर्ने हो भने विद्यालयको अडिटका लागि वर्षेनी उपमहानगरपालिकाले अडिटर पठाउदै आएकाे छ। केहि गलत भएकाे त्यसमा देखिनुपर्ने भने क्याम्पसमा पनि मान्यता प्राप्त सीएले अडिट गर्दैआएकाे छ। अडिट रिपोर्ट पनि वार्षिक उत्सवमा हामीले प्रस्तुत गर्दै आएका छाै।
अब अर्को कुरा एकै व्यक्ति हालिमुहाली भनिएकाे छ। मेराे यसमा आपत्ति छ । कम्तिमा सामान्य कुरामा त ध्यान दिनु पर्ने । सबै हाम्रा काम पानि जस्तै सफा छन ।
क्याम्पसकाे मुल खाता अध्यक्ष, प्राचार्य र क्याम्पस प्रमुखकाे छ भने, विद्यालयकाे मुल खाता पनि तीन पदकै रहेकाे छ। विद्यालयकाे प्रशासनिक खाता भने प्राचार्य प्रेम निधी ओझा र भरतरी चाैधरीकाे नाममा रहेकाे छ। मुल खाताबाट पनि विद्यालयको विकासको लागि प्राचार्यले मात्र माग गर्ने व्यवस्था रहेकाे छ।
क्याम्पस प्रमुखलाई हालिमुहाली भनिएकाे छ। व्यक्तिहरु कती सम्म पुर्वाग्रही बन्न सक्छन् । संस्था बिधीले चल्ने हाे व्यक्तिले हाेइन । पटक पटक व्यक्ति माथि प्रहार केकाे लागि ?
यदि कहीं कतै विद्यालयको रकम अपचलन गरिएको छ भने कानुनी निकायमा जाँदा हुन्छ। हामीले कहिले गलत गरेका छैनौं। विद्यालयकाे विकासका लागि एउटै गुठीका संस्था भएकाे हुँदा ऐश्वर्य बहुमुखी क्याम्पसबाट लाखाै रुपैयाँ ऐश्वर्य विद्या निकेतनलाई दिने निर्णय गरिएकाे छ।
क्याम्पस प्रमुख धर्मदेव भट्ट सदस्य हाेइन पदेन समिती सदस्य रहेकाे व्यवस्थापन समितिले क्याम्पस प्रमुख (पदलाई) पदन सदस्य बनाइएको हाे। त्यस्तै क्याम्पसकाे संचालक समितिकाे पदेन समिती सदस्यमा पनि ऐश्वर्य विद्या निकेतनका प्राचार्यलाइ राख्ने व्यवस्था हाे व्यक्ति विशेष हाेइन ।
अब माइन्युटमा परिवर्तन गरिएकाे छ भनिएकाे छ। त्याे एउटा व्यक्तिले कसरी गर्न सक्छ। याे त हास्यास्पद कुरा भएन र ?
आफू अनुकुल त्यसमा कसरी गर्न सकिएला माइन्युट त विद्यालयका प्राचार्यसँग हुने कुरा हाे त्यसलाई क्याम्पस प्रमुखले कसरी सच्याउन सक्छ। याे विद्यालय प्रशासनसँग सम्बन्धित कुरा हाे।
त्यस्तै क्याम्पस प्रमुखले अध्यक्षकाे सिफारिस प्राचार्यसँग समन्वयमा गर्न लगाउने भनिएकाे कुरा पनि गलत हाे । विनियम अनुसार अध्यक्षकाे सिफारिस त प्राचार्यले क्याम्पस प्रमुखसँगकाे समन्वयमा गर्ने हाे। यस्तो आराेप लाउनु गलत हाे।
अब अर्काे सल्लाहकार समिति गठन गरियाे भनिएकाे छ। मैले थाहा पाए अनुसार विद्यालयमा कुनै सल्लाहाकार समिति अहिले सम्म छैन। यदि विद्यालयमा सल्लाहाकार समिति भएपनि आपति केको लागि ? सल्लाहकार समिति भयो भने त विद्यालयको विकास मा टेवा पुग्ला त ?
विनियममा क्याम्पस प्रमुखलाई सदस्य राख्ने कुरा पनिआफू अनुकूलित बनायाे भनिएकाे छ। त्यती बेला प्राचार्य प्रेम निधी ओझाकाे संयाेजकत्वमा विनियम समिति बनेकाे थियाे। त्यतीबेलाकाे समितिले क्याम्पस प्रमुखलाई पदेन सदस्य रहने गरि विनियम बनाएकाे हाे । धर्मदेव भट्टले बनाएकाे हाेइन । यसमा आपत्ति के का लागि ? यदी आपत्ति भए विनियम परिवर्तन गर्न आग्रह गर्दछु।
म त एउटा क्यामपस को प्रशासनिक व्यक्ति हु मैले त क्यामपस प्रमूख नाताले क्यामपस को विधान , सञ्चालक समिति ले तोकिएको वा दिएको निर्देशन अनुसार काम गर्ने हो। एकचोटि सत्यको आँखाबाट हेरी दिन हुन अनुरोध गर्दछु। एउटा व्यक्ति को पछाडि पटक पटक विभिन्न माध्यम बाट किन पछाडी लाग्नु? मैलेत कर्म गर्ने हो फलको आशा कहिल्यै गरिन।
ऐश्वर्य बहुमुखी क्याम्पस र म माथि लागेका सबै आराप झुटा हुन्। अरु कुरामा भन्दा पनि विद्यालयको गुणस्तरीय शिक्षामा ध्यान दिन म सबैलाई फेरि पनि अनुरोध गर्दछु।”
याे थियाे ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीका क्याम्पस प्रमुख धर्मदेव भट्टले दिएकाे प्रतिक्रिया।
यस्तै ऐश्वर्य विद्या निकेतनले पनि धनगढी उपमहानगरपालिकाकाे पत्रकाे उत्तरमा स्कुल र क्याम्पसमा लागेका सबै आराेप झुटो रहेको उल्लेख गरिएको छ।
विद्यालयका प्राचार्य प्रेम निधी ओझाद्वारा हस्ताक्षरीत उक्त पत्रमा क्याम्पस प्रमुखकाे हस्ताक्षर विद्यालयकाे प्रशासनिक खातामा नरहेकाे उल्लेख गरिएकाे छ। दुवै संस्थामा मुल खाता र प्रशासनिक खाता अलग अलग छन् त्यसमा कुनै दुइमत छैन । एउटै व्यक्तिलाई लक्षीत गरि आराेप लगाउनु खेद पूर्ण रहेकाे पत्रमा उल्लेख गरिएकाे छ।
क्याम्पस प्रमुख र क्याम्पसलाई लागेका सबै आराेप मिथ्या रहेकाे पनि प्राचार्यद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएकाे छ।





