यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाटन प्रिमियर लिग : निङ्गलाशैनी क्रिकेट क्लवलाई हराउँदै गुरुखोला सेमिफाइनलमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाटन प्रिमियर लिग : निङ्गलाशैनी क्रिकेट क्लवलाई हराउँदै गुरुखोला सेमिफाइनलमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदबैतडी

पाटन प्रिमियर लिग : निङ्गलाशैनी क्रिकेट क्लवलाई हराउँदै गुरुखोला सेमिफाइनलमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १२, सोमबार १८:५८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – कोइनोडा टिम गुरुखोला लायन्स बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सेमिफाइनलमा पुगेको छ।

आज सम्पन्न सुपर सिक्सको खेलमा निङ्लाशैनी क्रिकेट क्लब, देहिमाडौंलाई १३२ रनले हराएर गुरूखोला समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो।

गुरूखोलाले दिएको १९० रनको लक्ष्य पछ्याएको निङलाशैनी १०।४ ओभरमा ५७ रनमा अलआउट भयो ।

उसमा खडक बोहराले २६ र भुपेश बोहराले अविजित १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुरूखोलाका प्रदीप चन्दले ह्याट्रिकसहित ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत चुनिएका स्कोरर तिलक बोहराले बताए ।

प्रदीप यो संस्करणमा ह्याट्रिक गर्ने पहिलो बलर समेत बनेका छन्।

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गुरूखोलाले २० ओभरमा ६ विकेटको क्षतिमा १८९ रन बनायो ।
जसमा प्रदीप चन्दले ४० र आयुश चन्दले ३९ रनको योगदान गरे । निङलाशैनीका राम चन्दले ३ विकेट लिए ।

यो लज्जास्पद हारसंगै उपाधि दाबेदार मानिएको निङलाशैनी सुपर सिक्सबाटै घर फर्किन बाध्य भएको छ । यस्तै आफ्नो समूहबाट गुरूखोला विजेता र पाटन भ्याली क्रिकेट क्लब उपविजेताको रूपमा अन्तिम चारमा सुरक्षित भएको हो । अर्को समूहबाट सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्न बाँकी छ ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र, द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । कुशलखबरबाट

अघिल्लो लेख कैलालीमा ८ जना जुवाडे पक्राउ
अर्को लेख मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्‍यो

२०८२ असार १०, मंगलवार १५:२९ गते
खेलकुद

साफ महिला च्याम्पियनशिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

२०८१ कार्तिक २, शुक्रबार १७:३४ गते
खेलकुद

एनएनआईपीए स्पोर्टस अवार्ड पुस २० गते हुने

२०८१ पुष ९, मंगलवार ०९:२२ गते
डडेल्धुराबैतडी

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८१ आश्विन ३०, बुधबार ०७:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?