सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
कपुरकोट गाउँपालिका–६ सिनवाङ दुवेदेबाट धान र पराल बोकेर सोही ठाउँको छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका हुन ।
बेलुकी करिब ६ बजेतिर भएको मिनी ट्रक दुर्घटनामा घाइते हुनेहरूमा १४ वर्षीय गोवर्द्धन खडका र १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीकाअनुसार घाइते भएका सबैलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ लगिएको बताए । उनका अनुसार घाइते भएका केहीको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परि केहीको मुत्यु भएको भए पनि उनका अनुसार डाक्टरले पुष्टि नगरेकाले कति जनाको मृत्यु भयो भन्ने तत्काल खुलाउन सकिएको छैन ।
दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।





