धनगढी ।कञ्चनपुरमा श्रीमान श्रीमती मृत अवस्थामा भेटिएका छन् ।
लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला बडायक शुक्रबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले उनीहरू दुवै जना शुक्रबार बिहान मृत फेला परेका बताए ।
उनकाअनुसार घरको आगनमा दुवै जना मृत फेला परेका हुन् । शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकोले श्रीमानश्रीमतीको हत्याको आशंका गरिएको छ ।
घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडी पुगेको छ ।





