धनगढी – कैलालीमा ट्रकको ठक्करबाट एक जना साइकलयात्री गम्भीर घाइते भएका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–५ निसर्ग अस्पताल नजिक कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरीयाका सियाराम रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३००८ नम्बरको ट्रकको ठक्करबाट एक जना साइकलयात्री घाइते भएका हुन्।
घाइते हुनेमा धनगढी उपमहानगरपालिका–५ का ३२ वर्षीय प्रदेसी चौधरी रहेको प्रहरीले जनाएको छ। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





