यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १८, सोमबार ११:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीका विभिन्न स्थानबाट एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–१ हिमालिपुर बस्ने २३ वर्षीय पारस थारुलागूऔषधसहित पक्राउ परेका छन्। थारुलाई १ ग्राम २६० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीमा सुदूरपश्चिम प्रदेश ०१–०१० प ९००९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक धनगढी उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय सुरेश राना र मोटरसाइकल पछाडी सावार धनगढी उपमहानगरपालिका–१५ उर्मी बस्ने २६ वर्षीय बलबुध राना पक्राउ परेका हुन्। यी दुबै जनाको साथबाट ११० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित दुवै जनालाई प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी गोप्य सूचनाको आधारमा लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट सोही ठाउँ बस्ने ३७ वर्षीय पुर्ण दिप शर्मा उपाध्याय र ३२ वर्षीय नारायण कार्की पक्राउ परेका छन्। यी दुबै जनाको साथबाट ३३० मिलिग्राम खैरो हेरोइन, ट्रामाडोल १० ट्बलेट र नाइट्राभेट १ ट्बलेट फेला पारी इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–८ भगत चोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय चंचल कुमार राना र धनगढी उपमहानगरपालिका–१ बस्ने १९ वर्षीया किशोरी काजँल पार्कीलाई ६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। विभिन्न स्थानबाट पक्राउ परेका यी सातै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु
अर्को लेख कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

तोलामा २३ सय बढ्यो सुन

२०८२ आश्विन २१, मंगलवार ११:२५ गते
कैलाली

अत्तरियाको एक होटलमा डडेल्धुराका काशीसिंह मृत फेला

२०८१ आश्विन ४, शुक्रबार १८:४१ गते
कैलाली

धनगढीमा लागूऔष सहित एक जना पक्राउ

२०८१ मंसिर २५, मंगलवार ०८:५६ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भोलि प्रादेशिक विदा

२०८२ भाद्र ७, शनिबार १४:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?