यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘जोरायली बासमती धान’ डोटीको पहिचान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘जोरायली बासमती धान’ डोटीको पहिचान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

‘जोरायली बासमती धान’ डोटीको पहिचान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ५, सोमबार १२:३३ गते
SudarshanTelevision
7 मिनेटको
सेयर गर्नुहोस्

डोटी ।डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ ।

नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको धान काटेर भित्र्याउन भ्याइनभ्याई छ ।

कर्मनासा नदीको वरिपरि देखिने धानका फाँटसहितको वरिपरिको प्राकृतिक दृश्य रमणीय छ । जोरायल गाउँपालिकामा पर्ने जोरायल क्षेत्रको भूबनोट वरिपरि पहाड र बीचमा समथर भूभाग रहेको छ । प्राकृतिक रूपमा मनोरम यो क्षेत्र समुद्र सतहदेखि अनुमानित एक हजार आठ सय मिटरको उचाइमा छ ।

अढाइ दशकदेखि सडक सञ्जाललगायत विकासका पूर्वाधार पुगेपछि सो क्षेत्रको समग्र विकासमा टेवा पुगिरहेको स्थानीयवासीको अनुभव छ । “सडक नहुँदा जोरायल क्षेत्रमा मालसामान ढुवानी गर्न र आवागमन गर्न समस्या थियो”, स्थानीय मदनराज जोशीले भने, “अहिले सडक पूर्वाधार पुग्दा किसानले आफ्नो कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन पाएको मात्र नभई आवागमन गर्न निकै सहज बनेको छ ।”

कैलालीको सीमासँग जोडिएको जोरायल क्षेत्रले रैथाने जातको मासिनो बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि छुट्टै पहिचान बनाएको छ । खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण ‘जोरायली बासमती’ले यो क्षेत्रको पहिचान बनाएको हो । बासमती चामलको माग सबैतिर हुन थालेसँगै कतिपय स्थानीय युवाहरू यसको कारोबार गरेर आम्दानी गर्न आकर्षित भइरहेका छन् ।

पछिल्ला वर्षमा यो धानको व्यावसायिक खेती सुरु भएसँगै स्थानीय किसानको आयआर्जन वृद्धि भइरहेको स्थानीय युवा भक्तराज जोशीले बताए । उनले भने, “व्यावसायिक रूपमा यसको खेती सुरु भएसँगै धान उत्पादन गर्ने किसानमात्र नभएर धानबाट चामल बनाएर कारोबार गर्दा भइरहेको आम्दानीले युवाहरू आकर्षित भएका छन् ।”

स्थानीय किसानले आफ्नो घरायसी उपभोगका लागि मात्र खेती गर्ने गरेकामा पछिल्लो दशकमा व्यावसायिक रूपमा समेत यसको खेती गर्न थालिएको छ । यो धानले खेतीयोग्य अधिकांश जग्गा ओगट्न थालेपछि मार्सी, सलौज, थापाचिनीजस्ता रैथाने जातका धानखेती गरिने क्षेत्रफल भने घट्दै गएको जनाइएको छ ।

खेतका फाँट छेउ हुँदै बग्ने कर्नासी, गोगनी, सैगडालगायत नदीको पानीले खेतका फाँट सिञ्चित गर्न सहज भइरहेको छ । अग्लो ठाउँको र पाखो जग्गामा भने सिँचाइ पुर्याउन सकिएको छैन । सिँचाइ नपुगेको जग्गामा अन्य जातका धानखेती हुने गर्छ ।

यो क्षेत्रको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वरभूमि मानिन्छ । धनगढी, अत्तरियालगायत सहरी क्षेत्रमा बासमती चामलको भात खाने बानी परेका सौखिनहरू यसको चामल खोज्दै हिंँडेको भेटिन्छन् । टोलको कुनै घरमा यो चामलको भात पाक्दै गर्दा पूरै टोलभरी पाक्दै गरेको भातको सुगन्ध फैलिन्छ ।

तत्कालीन राजा महेन्द्रले गरेको जोरायल भ्रमणका क्रममा ‘जोरायली बासमती’ चामलको भातको प्रशंसा गरेको स्थानीय वयोबृद्धको भनाइ छ । पछिल्ला दशकमा यो धानको बीउ हराउने हो कि भन्ने चिन्ता स्थानीयमा बढेपछि गाउँपालिका र किसानको संयुक्त पहलमा यसको रैथाने बीउ संरक्षणको पहल पनि भइरहेको छ ।

रासायनिक मलको प्रयोग नगरी गोबर कम्पोष्ट मलको प्रयोगले मात्र खेती गर्दा पनि यो धानको उत्पादकत्व राम्रो हुने गरेको स्थानीय किसानको अनुभव छ । पछिल्ला वर्षमा भने यसको खेती गर्दा रासायनिक मलको पनि प्रयोग गर्न थालिएको छ ।

चाडपर्वका समयमा पकाइने मिठोमसिनो खानाको परिकारका रूपमा बासमती चामलको भातलाई लिने गरिन्छ । चाडपर्वका दिन छरछिमेकीसंँग पैंँचो मागेर भए पनि यो चामलको भात हरेकका घरमा पाक्ने गर्छ ।

मिठोमसिनो हुने भएकाले यो चामल स्थानीय बजारमा पाइने चामलभन्दा बढी मूल्यमा खरिद बिक्री हुने गरेको छ । उत्पादन क्षेत्रमा बासमती धानको थोक मूल्य प्रतिकिलो ७० पर्छ । मिलमा कुटानी गरेको यो धानको चामल प्रतिकिलो एक सय २० पर्दा ढिकीमा कुटेको चामल भने प्रतिकिलो एक सय ४० पर्ने गरेको छ । धनगढीलगायतका क्षेत्रमा भने यसको चामलको मूल्य प्रतिकिलो एक सय ५० सम्ममा कारोबार भइरहेको छ ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा गाउँपालिकाले यो धानको बीउ संरक्षण, खेती विस्तार र उत्पादित धानको बजारीकण, प्राविधिक सहयोगलगायतका काममा किसानलाई सहयोग गरिरहेको बताउँछन् । ओझाले भने, “जोरायलका किसानको मुख्य आम्दानी स्रोत यो धान देखिएको छ, यसको कारोबार थप क्षेत्रमा विस्तार गर्नसके किसानको आम्दानी बढ्ने देखिन्छ ।”

यसको माग बढेसँगै व्यापार गर्दा आम्दानी गर्न सकिने भएपछि बासमती धान दाइँ गर्ने मौसममा व्यापारीहरू धानखेतमै पुग्ने गरेका छन् । जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, चनकट्टे, सिलम्बाग, सुगाँल, राउतकट्टेलगायतका गाउँको एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलको ओसिलो जग्गामा यो धानको खेती हुने गर्छ ।

मसिनो तथा बास्नादार धानको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने प्रदेश सरकारको नीतिबमोेजिम रैथाने जातका अन्नबाली, मसिनो तथा बास्नादार धान उत्पादन कार्यक्रम संरक्षण सवंर्द्धनमा सहयोग गर्दै आएको छ । यद्यपि ठूलो क्षेत्रफलमा मसिनो तथा बास्नादार धानखेतीको क्षेत्रफल अपेक्षित रूपमा बढ्न नसक्दा प्रदेशका अधिकांश जिल्लामा खपत हुने मसिनो धान बाहिरी जिल्लाबाट आपूर्ति गर्नुपर्ने अवस्था छ ।

बाहुन, क्षेत्री, दलित, ठकुरी, मगरलगायत समुदायको बसोबास रहेको यो क्षेत्रमा सडक, विद्युत्, सञ्चारलगायत विकासका आधारभूत पूर्वाधार जुटिसकेका छन् । अवसरको खोजीमा आफ्नो पुख्र्यौली थलो छाडेर वर्षौँअघि अन्यत्र बसाइँसराइ गरेका जोरायलवासी अहिले त्यहाँ भइरहेका सडकलगायत विकासका कामले पुनः आफ्नै जन्मथलोमा फर्किने हो कि भनेर सोच्न थालेका छन् । रासस

अघिल्लो लेख अरिँगालको टोकाइबाट बाजुराका एक जनाकाे मृत्यु
अर्को लेख कैलालीमा वन मुद्दाका फरार १ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

डोटी

डोटीमा बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा

२०८१ कार्तिक २२, बिहीबार १४:३४ गते
कैलालीडोटी

सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण

२०८१ श्रावण २८, सोमबार १४:०५ गते
डोटीसमाचारसुदूरपश्चिम प्रदेश

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ असार १६, आईतवार ०९:५२ गते
डोटी

सलेना–राजपुर सडक खण्ड कालोपत्रे हुँदै

२०८१ आश्विन ६, आईतवार १९:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?