यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा सात वर्षमा तीस वटा ऐन संशोधन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा सात वर्षमा तीस वटा ऐन संशोधन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सात वर्षमा तीस वटा ऐन संशोधन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ४, आईतवार १८:०७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ ।

ऐन कार्यान्वयनका क्रममा देखिएका कठिनाइ सहज बनाउन र बनेका ऐनलाई थप परिष्कृत गर्न धेरैजसो ऐन संशोधन गरिएको हो ।

प्रदेश सभाको पहिलो कार्यकालमा ६७ र दोस्रो कार्यकालको हालसम्म आठ वटा गरी जम्मा ७५ वटा ऐन बनेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

बनेका ऐनमध्ये ४५ वटा मूल ऐन र बाँकी सबै संशोधन ऐन रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । यसबाहेक एउटा अध्यादेश जारी भएको छ । चालु आर्थिक वर्षको बजेट पास हुन नसकेको बेला राजस्व सङ्कलनका लागि सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश–२०८१ जारी गरिएको थियो ।

प्रदेश सभाको पहिलो कार्यकालमा धेरै मूल ऐन बनेका थिए । दोस्रो कार्यकालमा हालसम्म एउटा मूल र बाँकी सबै संशोधन ऐन बनेका छन् । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो वर्षमा सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०८१ मूल ऐनका रूपमा प्रदेश सभाबाट पारित भएको छ । भदौ १८ गते प्रदेश सभाबाट पारित यो विधेयक असोज १ गते प्रमाणीकरण भएको थियो ।

प्रदेश सभाको दोस्रो कार्यकालमा ऐन, कानुन निर्माण सुस्त देखिएको छ । एक वर्षसम्म मूल ऐन बनाउन नसकेको प्रदेश सरकारले दोस्रो वर्षमा मात्रै नयाँ एवं मूल ऐन बनाएको हो ।

अहिलेको प्रदेश सभाबाट सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन–२०७९ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । यस्तै सुदूरपश्चिम प्रदेश आर्थिक ऐन–२०७९ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो कार्यकालको प्रदेश सभाबाट पारित भएको छ ।

यसै गरी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन–२०७६ संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा विचाराधीन अवस्थामा रहेका छन् ।

यसअघिको पहिलो प्रदेश सभाको कार्यकालमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी ऐन, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, सुदूरपश्चिम प्रदेश खेलकुद ऐनलगायतका ऐन संशोधन गरिएको थियो ।

यो प्रदेशमा प्रदेश लोक सेवा आयोग ऐन तीन पटक संशोधन भइसकेको छ । पछिल्लो पटक प्रदेश लोक सेवा आयोग ऐन– २०७६ लाई संशोधन गर्न बनेको विधेयक ९तेस्रो संशोधन० २०७८ भदौ १६ गते प्रदेश सभाबाट पारित भएको थियो । गोरखापत्रबाट

अघिल्लो लेख आन्दोलनका लागि तयार रहन जनमतको पार्टी पंक्तिलाई निर्देशन
अर्को लेख रुपालको कैलपाल मावि पत्रममा भलिबल प्रतियोगिता हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीकाे देवहरिया वनस्पति उद्यानमा चार सय २१ सिमलका बिरुवा रोपण

२०८१ श्रावण २७, आईतवार १९:४६ गते
डोटी

डोटीको आदर्शमा रहेको भगवती माविद्वारा ७ दिने उद्घोषण तालिम

२०८२ असार ६, शुक्रबार १७:१० गते
कञ्चनपुर

कञ्चनपुरबाट ४ लाख बढीका सामान बरामद

२०८१ कार्तिक २९, बिहीबार ०७:४१ गते
डडेल्धुरा

डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध मुद्दा दायर

२०८१ कार्तिक २२, बिहीबार १०:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?