धनगढी । हिउँदे आगन्तुक चराले सिमसार छाडेका बेला वनजङ्गल र घर आसपासमा बर्खे आगन्तुक चराको चहलपहल बढेको छ ।
बच्चा कोरल्न र हुर्काउनका लागि विभिन्न प्रजातिका चरा नेपाल आएपछि कैलालीसहित विभिन्न जिल्लामा बर्खे आगन्तुक चराको चहलपहल बढेको हो ।
नेपाल आइपुगेका गर्मी आगन्तुक चराले गुँड लगाएर बच्चा कोरल्ने सुरसार गरिरहेका छन् । पछिल्लो केही दिनदेखि देखा परिरहेका स्वर्गचरीलगायतका गर्मी आगन्तुक चराले गुँड बनाइसकेका संरक्षणकर्मी देवेन्द्र महतोले बताए । गोरखापत्रबाट





